च्याम्पियन युभेन्ट्सले सिरि ए फुटबलको अन्तिम खेलमा हार ब्यहोरेको छ ।

शनिबार राति युभेन्ट्सले घरेलु मैदानमा रोमासंग ३–१ गोल अन्तरले पराजित भएको हो । गोन्जालो हिग्युनले पाँचौ मिनेटमा युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर लगातार तीन गोल गर्दै रोमाले सन् २०१८ पछि पहिलो पटक युभेन्ट्सलाई घरेलु मैदानमा हार चखाउने काम गर्यो ।

निकोला कालिनिकले २३ औं मिनेटमा रोमाका लागि बराबरी गोल फर्काएका थिए । डिएगो पेरोटीले लगातार दुई गोल गर्दै रोमालाई सिजनको सुखद अन्त्य दिलाए । पेरोटीले ४४ औ मिनेटमा रोमालाई २–१ को अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै पेरोटीले ३–१ को अप्रत्यासित जित निकाले ।

युभेन्ट्सले एक अंकको अग्रता सहित लिगको अन्त्य गर्यो । उसले दुई खेल अगावै लगातार नवौं पटक लिग उपाधि उचालेको थियो । तर उसले पछिल्ला ८ खेलमा मात्र दुई खेलमा जित निकाल्न सक्यो । शीर्ष स्थानको युभेन्ट्सले ८३ अंक जोड्यो । रोमा ७० अंक सहित पाँचौ स्थानमा रह्यो ।


तपाईको प्रतिक्रिया