काभ्रे (रोशी) – जिल्लाको रोशी गाँउपालिकाका शिक्षकहरुले अनिवार्य आरडिटि गर्नु पर्ने भएका छन् ।

पालिका भित्र रहेका विद्यालयहरुमा कार्यरत शिक्षक शिक्षिकाहरुले विद्यालय जानु अघि अनिवार्य आरडिटि गर्नुपर्नेे गाँउपालिकाका अध्यक्ष दल बहादुर लामा (डि. बी) ले बताए । उनका अनुसार गाँउपालिकाको स्वास्थ्य शाखाको समन्वयमा जिल्ला बाहिरबाट आएका शिक्षक शिक्षिकाहरुले अनिवार्य आरडिटि गर्ने तयारी गरेका छन् ।

आरडिटि भएपछि नतिजाको आधारमा १४ दिन होम-क्वारेन्टाईन वा गाँउपालिकाको क्वारेन्टाईनमा राखीने अध्यक्ष लामाले बताए । यसैबिच रोशी गाँउपालिकाले आफ्नो क्षेत्रभित्र कार्यरत शिक्षक शिक्षिकाहरुले सम्पत्ति विवरण बुझाउन अनुरोध गरेको छ ।


तपाईको प्रतिक्रिया