इलाम – इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा कोरोना संक्रमित बढिरहेका छन् । गणका थप १७ जनामा आज कोरोना पुष्टि भए सँगै इलाममा सुरक्षा निकायबाटै समुदायमा संक्रमण फैलिने खतरा बढेको छ ।

विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब नमुना पठाइएकामा १७ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यलयले जनाएको छ ।

शुक्रवार १५ जनाको चेक गरेकोमा ५ जनाका पोजेटिभ देखिएको थियो । आज थपिएका १७ जना सँगै इलाममा शसस्त्र प्रहरीका २७ जनामा पोजेटिभ देखिएको छ भने बाँकी ४० जनाको श्वाव सँकलनको तयारी भईरहेको शसस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले बताए ।

‘पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागी मोरङ स्थित गोठगाउँमा लाने तयारी भईरहेको छ । योसँगै इलाममा कोरोना पुष्टि हुनेको संख्या ५७ जना पुगेको छ ।’ थापाले भने ।


तपाईको प्रतिक्रिया