राजबहादुर सानेको शब्द तथा संगीत तथा प्रिती आलेमगरको स्वरमा तयार भएको तीज गीत ‘हामी नाच्ने हो गाउने हो’ सार्वजनिक भएको छ । यो गीतको भिडियोमा प्रिती आले, रिया श्रेष्ठ, सविता आले लगायतको मोडलिङ छ ।

कृष्ण परियारको निर्देशनमा बनेको यो भिडियोमा बाबु जिम्बाको कोरियोग्राफी, तारा थापाको सम्पादन छ । यो गीतले विशेषगरि, पछिल्लो समयमा तीजका गीतमा पुरुषहरु हाबी हुँदै गएपछि महिलाहरुले विरोध गरेको देखाउन खोजिएको छ ।


तपाईको प्रतिक्रिया