काभ्रे (धुलिखेल) – लकडाउन खुलेसँगै जिल्ला प्रहरी कार्यालय काभ्रेले माक्स नलगाई हिड्नेलाई सम्झाई बुझाई मात्र गर्दै आएकोमा आजदेखी माक्स नलगाएकालाई एक सय रुपियाँ जरिवान लिने भएको छ ।

जति सम्झाउँदा पनि नमानेपछि शुक्रबारबाट माक्स नलगाई बजार हिड्नेलाई एक सय रुपियाँ जरिवान लिने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविकुमार पौडेलले बताए । जिल्लाका मुख्य मुख्य बजार बनेपा, धुलिखेल, पनौती, पाँचखाल, भकुण्डे लगायत अन्य ठाउँमा पनि जरिवाना लिइने प्रहरीले जनाएको छ ।

लकडाउन खुलेपनि कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले माक्स नलगाउनेसँग जरिवान लिने भएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जरिवानाबाट उठेको रकम राजश्वमा जम्मा हुने जानकारी दिए ।


तपाईको प्रतिक्रिया