काभ्रे (धुलिखेल) – जिल्ला प्रशासन कार्यालय काभ्रेले आर्थिक बर्ष २०७६/०७७ को बार्षिक कार्यसम्पादनको जानकारी गराएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले एक बर्षमा कार्यालयले गरेका कामको जिल्लाका सञ्चारकर्मीलाई कार्यक्रमका बीच जानकारी गराएका हुन ।

उनले प्रशासन कार्यालयले शान्ती सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रुपान्तरण, विपद् व्यवस्थापन, सदाचार र आर्थिक अनुशासन, नागरिकता तथा राहदानी सम्बन्धी भएको प्रगतीको बारेमा जानकारी दिएका थिए ।

त्यस्तै अर्ध न्यायीक निकायको रुपमा न्यायीक निरुपण, विकास निर्माणका कार्यमा समन्वय सहजीकरण, स्थानीय प्रशासन लगायतमा जानकारी गराएका थिए । जिल्ला प्रशासन कार्यालय काभ्रे कार्य सम्पादनमा उत्कृष्ट भएको थियो ।


तपाईको प्रतिक्रिया