काभ्रे (पाँचखाल) – जिल्लाको पाँचखाल नगरपालिको जनै पुर्णिमा र गाईजात्राको अबसरमा २ दिन बिदा दिने भएको छ ।

पालिकाले एक सुचना जारी गर्दै यहि आउँदो सोमबार १९ र मंगलबार २० गते सार्बजनिक बिदा दिने बताएका छन । सुचनामा नगरपालिका भित्र रहेका सरकारी कार्यलय र शैक्षिक संस्थाहरु बन्द रहने जनाएको छ ।

जनै पुर्णिमा अर्थात रक्षा बन्धन हिन्दु धर्माबलम्बीहरुको बिषेश पर्व हो भने गाई जात्रा प्रताप मल्लको समय देखि चल्दै आएको परम्परागत बिशेष पर्ब हो । यि दुबै पर्बको हाम्रो समाजमा बिषेश महत्व बोकेकोले उक्त दिन नगरले सार्बजनिक बिदा दिएको प्रशासकिय प्रमुख लोक बहादुर भण्डारीले
बताए ।


तपाईको प्रतिक्रिया