काभ्रे (तेमाल) – जिल्लाको तेमाल गाउँपालिका – ५ स्थित पोखरी नारायणस्थानमा रहेको सत्य नारायण मन्दिरमा यस वर्ष जनै पुर्णिमामा लाग्ने मेला स्थगित भएको छ ।

विश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण मेला, पर्व, जात्रा जस्ता कार्यहरु नेपाल सरकारको निर्णय अनुसार नगर्न र नगराउन भनिएकोले उक्त मेला नलाग्ने पालिकाले एक सुचना जारी गर्दै बताएका छन ।

सुचनामा नेपाल सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेपनि कोभिड–१९ को संक्रमण हुने जोखिम अझै रहेकाले आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

तेमालको पोखरी नारायणस्थान स्थित धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रसिद्ध सत्य नारायण मन्दिरमा जनै पुर्णिमा पर्वमा मेला लाग्दै आएको गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले बताए । यस वर्षको जनै पुर्णिमा १९ गते परेको छ । यस दिन नारायण स्थानमा ठुलो मेला लाग्दै आएको थियो ।


तपाईको प्रतिक्रिया