काभ्रे (बनेपा) – जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आज (मंगलबार) १५ वटा ट्याक्सीलाई कार्वाही गरेको छ ।

सवारी साधनले ट्राफिक नियम पालन नगरेको, आफुखुशी भाडा निर्धारण गरी सर्व-साधरण यात्रुहरु संग बढी भाडा लिने, सडकमा अव्यवस्थित पार्किङ गर्ने तथा सवारी संचालनका निमित्त आवश्यक कागजपत्र समेत साथमा नभएका ट्याक्सीलाई सम्झाई बुझाई पुनः यस किसिमको गल्ति नदोहोर्याउने गरी कानुन कार्वाही गरी छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले बताए ।

उनले उक्त संख्याका सवारी साधन कार्बाही गरेको छोडिएको जानकारी दिए । प्रमुख तामाङले कुनैपनी ट्याक्सीले नियम बिपरित काम गरेको पाइएमा काभ्रे ट्राफिकलाई सम्झन र ९८५११२३८०४ सम्पर्क गर्न आग्रह गरेका छन । उक्त ट्याक्सीलाई जिल्ला नाका साँगा लगायत बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो ।


तपाईको प्रतिक्रिया