काभ्रे (खानीखोला) – जिल्लाको खानीखोला गाउँपालिकामा एक किशोरीको मृत्यु भएको छ । झाडापखलाबाट बिरामी भएकि समयमै उपचार हुन नसक्दा खानीखोला गाउँपालिका – ६ कि रञ्जिता थोकरको मृत्युु भएको हो ।

उद्दारका लागि हेलिकप्टर गाउँ पुग्दा नपुग्दै रञ्जिताको मृत्यु भएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खुलालले बताए । रञ्जितालाई गाउँकै स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको थियो ।

गाउँपालिकाका अध्यक्ष खुलालले हेलिकप्टरको पठाइदिन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएका थिए । लगत्तै प्रशासन कार्यालय गृह-मन्त्रालयलाई आग्रह गरेर हेलिकप्टर गाउँ पुगेको थियो । तर हेलिकप्टरले रञ्जितालाई नलिइ फर्किएको हो ।


तपाईको प्रतिक्रिया