✍️  डा. उज्वल न्यौपाने,
हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर विश्व हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ र यो दिनमा गरिने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयासहरुले विश्वभर हेपाटाइटिसको भार कम गर्न प्रमुख भूमिका निर्वाह हुनसक्छ । विश्व स्वास्थ संगठनको मुल्याँकन अनुसार विश्वभर ३२ करोडभन्दा बढि मानिसहरु हेपाटाइटिस बी र सी संक्रमित छन् ।

विश्वभर हेपाटाइटिस बी का कारण उत्पन्न हुने जटिल स्वास्थ समस्याले गर्दा बार्षिक ९ लाख मानिसहरुको मृत्यु हुने गरेको छ भने विश्वभर ९० प्रतिशत संक्रमितलाई आफु संक्रमित भएको ज्ञान हुने गरेको छैन । विश्वका अधिकाँश मुलुकका सरकारहरुले सन् २०३० सम्म आफ्नो देशलाई हेपाटाइटिस मुक्त गराइसक्ने लक्ष्य लिएका छन् । ४ बर्षअघि थालिएको यो अभियान सफलपार्न हामी सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिन सक्छौं । यस कानिम्ति हेपाटाइटिस र यसको रोकथामका बारेमा जानकारी राख्ने, अरुलाई पनि सिकाउने गर्नुपर्दछ । हाम्रो सरकारले यस सम्बन्धि के कस्तो रणनीति अवलम्बन गरिहेको छ भन्ने बुझेर त्यसलाइृ सफल कार्यन्वयन गर्ने अनि सरकारको ध्यानाकर्षण गराउनु हामी सबैको दायित्व हुनजान्छ ।

आजको यस बिषेश दिनलाई स्मरण गरेर मैले यो लेख मार्फत हामी हेपाटाइटिसबारे जानौं र यसबाट कसरी जोगिन सकिन्छ भन्ने सिकौं अनिआम सर्वसाधारण मानिसलाई समेत सिक्ने अवसर प्राप्तहोस भन्ने हेतुले यो लेख प्रकाशित गर्ने जमर्को गरेको छु ।

कलेजो अथवा कलेजोको भाग सुन्निनुलाई हेपाटाइटिस भनिन्छ । यो अवस्था आफै सिमित भएर जान सक्छ भने कतिपय अवस्थामा बढ्दै गएर कलेजोमा दाग लाग्ने (फाइब्रोसिस), सिरोसिस हुने वाकलेजोको क्यान्सरमा समेत परिणत हुन सक्दछ । हेपाटाइटिस गराउने मुख्यकारण हेपाटाइटिस भाइरसहरु हुन् भने अन्य तत्वहरुमा अल्कोहल, केही औषधिहरु (जस्तै बाथमा प्रयोग गरिने एल्लोप्युरिनेल, मुटुको अस्थिर चाल सच्याउन प्रयोग गरिने एमियोडारोन , केहि एन्टिबायोटिकहरु जस्तैः एमोक्सिसिलिन–क्ल्याभुलानेट, छारे रोगको औषधिका र्बामाजेपाइन आदी ) तथा विभिन्न अटोइम्युन पर्दछन् । आज हामी हेपाटाइटिस भाइरसद्वारा उत्पन्न हुने रोगको बारेमा कुरा गछौं ।

के हो हेपाटाइटिस भाइरस ?
हेपाटाइटिस गराउने हेपाटोट्रोफिक भाइरसहरु पाँच प्रकारका छन् जसलाई क्रमशः ए,बी,सी,डी र इ नाम दिइएको छ । यीमध्ये ए बी र डी खोप मार्फत रोकथाम हुन सक्छन् । ए र इ ले दुषित खाना वा पानिको मार्फत संक्रमिण गर्दछन् । बी र सी र डी भने मानव शरिरका तरल पदार्थहरु मार्फत सर्दछन् । सर्ने माध्यमहरुमा संक्रमित रगत प्राप्त गर्दा, चिकित्सा उपचारमा प्रयोग हुने औजारका माध्यमबाट, संक्रमित सुइहरुको असुरक्षित प्रयोगबाट, गर्भवती आमाबाट बच्चामा तथा यौन सम्पर्कको माध्यमबाट समेत सर्न सक्दछन् । डी भाइरसले भने बी भाइरसको संक्रमितमा मात्र संक्रमण गर्ने गर्छ । बी र डी को दुइतर्फि संक्रमण भएका बिरामीमा भने जटिल रोग लाग्ने र खराव परिणाम आउने गर्दछ । हेपाटाइटिस ए र इ ले समान किसिमको व्यबहार गर्छन् ।

विकासशील देशहरुमा मुख्य तया देखिने य ीभाइरसले स्वयं सिमित परिणाम दिन्छन् र पुरानो रोग पनि गराउदैनन् । ६ महिना भन्दा बढि लाग्ने रोगलाइृ पुरानो अथवाक्रोनिक हेपाटायटिस भनिन्छ भने त्यो भन्दाकमलाग्ने रोगलाई तिब्र अथवा एक्युट हेपाटाइटिस भनिन्छ । तीब्र रोग पछि गएर पुरोनो रोगमा परिणत हुन सक्दछन् जसमा जटिलता देखिने सम्भावना हुन्छ । त्यसैले ए र इ को संक्रमणका कारण जटिल समस्या देखिदैनन् । हेपाटाइटिस बी र सी तीब्र वा पुरानो रोगको रुपमा देखा पर्न सक्दछन् । प्राय स्वयं सिमित रहने हेपाटाइटिस बीवयस्कमा ५ प्रतिशत मध्ये २०–३० प्रतिशतमा सिरोसिस वा क्यान्सर देखिन सक्छ । सी ले गराउने रोग भने अधिकांस पुरानोमा परिणत भइसकेको हुन्छ । बालबच्चामा भने भने पुरानो रोग देखापर्ने खतरा धेरै हुन्छ । हेपाटाइटिस बी, सी र डी चुम्बनगर्दा, अंकमालगर्दा तथा स्तनपानगर्दा नसर्ने भए पनि शरिरबाट निस्कने तरल पदार्थ, खुल्ला घाउ तथा काटेको घाउको माध्यमबाट भने सर्न सक्दछ र संक्रमितहुने सम्भावना बढी हुन्छ ।

कसरी हुन्छ  ?
भाइरसले कलेजोको कोषहरुमा संक्रमण गरेपछि शरिरको इम्युनिटि (रोगहरु संग लड्ने शक्ति) क्षमतालाई सक्रिय गराएर कोषको क्षतिगर्ने गर्दछ । संक्रमण पश्चात भइरस सकिएर निको हुनपनि सक्छ (जसलाइ तीब्र रोग भनिन्छ) अथवा रहिरह्यो भने कोषहरु सुन्निने, घाइते हुने र ठीक हुने प्रक्रियाहरु दोहोरि रहन्छ र कलेजोमा दागहरु बसेर अन्त्यमा क्यान्सरमा परिणत हुने गर्दछ ।

कस्ता खालका लक्षणहरु देखिन्छन् ?
तीब्र रोगको सुरुवाती क्षणमा प्राय लक्षणहरु देखिदैन । पहिले देखिने लक्षणहरुमा शारिरिक थकान, वाकवाक, लाग्ने, खानाको रुचीकमहुने, हल्काज्वरो आउँने, पेट दुख्ने आदी हुन्छन् । पछि कलेजोमा क्षति हुँदै गएपछि छाला र आँखापहेलो हुने (जण्डिस), पिसाव गाडा रंगको हुनेजस्ता लक्षण देखिन्छन् । तीब्र रोगको अन्त्यतिर रोग निको हुदै जान्छ र यो अवधिमा कलेजोको इन्जाइमहरु बढी भइरहने, कलेजो सुन्निने आदि साधारणतया हुने गर्दछ । ए र इ को संक्रमणमा १–२ महिनामा रोग ठीक भएर जान्छ भने बीको संक्रमणमा पूर्णूपमा ठीक हुन ३–४ महिना सम्म लाग्नसक्छ ।

पुरानो रोगको सुरुवाती क्षणहरुमा लक्षणहरु देखिदैन । जाँजमार्फत मात्र रोग फेला पर्नसक्दछ । कलेजो सुन्निदै जाँदातीब्र रोगमा देखिने लक्षणहरु देखिन थाल्दछ । पछि गएर जण्डिस देखिने हुनसक्छ । पुरानो (क्रोनिक) रोगले हर्मोन असन्तुलित गर्न सक्छ जसले गर्दा डण्डीफोर आउने, शरिरका विभिन्न भागमा रौंप लाउने र महिलामा महिनावारी रोकिने वा नहुने पनि हुनसक्छ । कलेजोमा धेरै क्षति भएपछि सिरोसिस हुन्छ जसले गर्दा जण्डीस, तौल घट्ने, पेटमा पानी जम्मा हुने र खुट्टा सुन्निने हुन्छ । सिरोसिस भएपछि यसले कलेजोमा थप जटिल रोगहरु उत्पन्न गराउन सक्छ ।

हेपाटाइटिस बी, सी र डी को तीब्र रोग अवधिमा हुन सक्ने एउटा घातक जटिलता हो फल्मिनान्ट हेपाटाइटिस । यो जटिलता बी र डी लागेका बिरामीमा २–२० प्रतिशतमा देखिनसक्छ र हेपाटाइटिस इ लागेका गर्भवती महिलामा १५–२० प्रतिशतमा देखिन सक्छ । यसमा देखिने अन्य लक्षणमा सजिलै निलडाम बस्ने, चोट लाग्दा रगतबग्न नरोकिने, मानसिक भ्रम उत्पन्न ह्ने, अन्योलपूर्ण अवस्थाबाट गुज्रिने, निद्रा लागिरहने आदि हुन सक्दछ । यो अवस्थामा शरिरको अन्य भागमा समस्या आएर मृत्युहुने समेत गर्दछ ।

जाँच पड्ताल कसरि गरिन्छ
हेपाटाइटिस एकिनगर्न कलेजोको विभिन्न इन्जाइम मापण गरिन्छ । त्यस्तै रगतको जाँच गरेर भाइरसविरुद्ध शरिरले उत्पादनगर्ने एन्टिबडीहरुको मापणबाट पनि रोग पत्ता लाग्छ । भिन्न एन्टिबडीको मापणबाट रोगको अवस्था पनि आंकलनगर्न सकिन्छ । त्यस्तै विभिन्न इन्जाइमको मापणबाट पनि रोगको अवस्था र कारण समेत पत्ता लगाउन सहयोग हुन्छ । सिरोसिस भएको अवस्थामा भिडियो एक्स्रे, सी.टी. स्क्यान, एम.आर.आइ. बाट जाँचगर्न सकिन्छ ।

उपचार बिधितथा पद्दती
हेपाटाइटिस ए लागेको बिरामीलाइृ प्रशस्त आराम गराउने, पोषण मिलाएर प्रशस्त तरल पदार्थ खुवाउने गर्नुपर्दछ । अस्पताल भर्ना हुनुपर्ने नै त हुदैन तर नशामार्फत तरल पदार्थ पूर्ति भने गर्नुपर्ने हुनसक्छ । हेपाटाइटिस बीलागेको बिरामीपनि ९५–९९ प्रतिशत सम्म पुरै निको हुन्छन् र एन्टिभाइरल प्रयोग गर्नुपर्ने हँुदैन । पुरानो रोग तथा सिरोसिसको लक्षण देखिएमाभने अस्पतालमा भर्ना भई उपचार गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा भाइरसको प्रजनन् रोक्न औषधिहरु प्रयोग गर्न सकिन्छ जस्तै एन्टरिफ रोन अल्फा, पेग इन्टरफिरोन, लामिभुडिन, इन्टेकाभिर, टेनोफोभिर आदि तर यी औषधिहरु चिकित्सकको सल्लाह बेगर आफु खुशीप्रयोग गर्नुहुन्न । सिरोसिस भएर कलेजो धेरै क्षतिभएको छ भने प्रत्यारोपणको उपाय पनि अपनाउनु पर्ने हुन्छ । हेपाटाइटिस सीको उपचार गर्न प्राय एन्टीभाइरल जस्तै पेग इन्टरफिरोन, राइबाभाइरिनको प्रयोग गरिन्छ । क्रोनिक हेपाटाइटिस सीको उपचार कलेजोको क्यान्सरको रोकथाम गर्न समेत जरुरि देखिन्छ । हेपाटाइटिस डीको उपचार कठिन हुन्छ र इन्टरफिरोन अल्फाले उपचार सम्भावना देखाएको छ । इ लाई पनि सी जस्तै लक्षण अनुसार उपचार गरिन्छ । जटिलता देखिएमा अथवा गर्भवती महिलालाई भने अस्पताल भर्ना गरि उपचार गर्नुपर्ने हुन्छ ।

रोकथामका उपायहरु
हेपाटाइटिस ए र बीको रोकथामका लागि खोप उपलब्ध छ । मांसपेशीमा लगाइने यी खोपको अवधि र मात्रा मिलाएर सानै उमेर (१२–१४ महिना) मा लगाउनु पर्छ । एको लागि २ पटक खोप लगाउनुपर्ने हुनसक्छ । ए र ई दुषितपानि र खानाबाट सर्ने हुनाले सरसफाईमा ध्यान दिने, सफा पानी पिउने तथा फोहोरको उचित ब्यबस्थापन गर्नु अत्यावश्यक छ । बी र सीको निमित्त रगत चलाउनु अघि राम्ररी परिक्षण गर्नुपर्दछ । त्यस्तै सुइ तथा धारिलो सामानहरु प्रयोग नगर्ने तथा असुरक्षित यौन सम्पर्क नराख्ने आदि महत्वपूर्ण छन् । भाइरसपछि अल्कोहल सेवन हेपाटाइटिसको प्रमुख कारण भएकोले मदिरा त्याग्नसके कलेजोमा धेरै सुधार आउन सक्छ ।

तसर्थ हेपाटाइटिस प्रति बेलैमा सचेत रहेमा यो एउटा मामुली रोग हो जसको रोकथाममा हामी आम सर्वसाधारणले सहयोग पु¥याउन सक्छौं । सानो उमेरमा खोप लगाएर तथा हाम्रो सफा सुग्घर गर्ने बानीब्यहोरा सपार्न सके यो रोग नियन्त्रण गर्न सकिन्छ । साथै रोग लागिहालेमा पनि नजिकैको स्वास्थ संस्थामा सम्पर्क गरि उचित परामर्श तथा उपचारको बाटो अपनाउन सकिन्छ । तसर्थ यस वर्षको विश्व स्वास्थ संगठनको विषयबस्र्र्तु हेपाटाइटिक–मुक्तभविष्य’भन्ने नारालाई सफलपार्न हामीआजै देखि आफु भित्रैबाट सुरुवात गरौं । सम्पुर्ण विश्व मानवजातिमा विश्व हेपाटाइटिस दिवसको सन्दर्भमा यस रोगबाट मुक्त रहनको लागि हार्दिक सुभेक्षा ।
(काभ्रे बल्थलीका लेखक न्यौपाने केएमसीमा इन्टर्न गर्दैछन्)


तपाईको प्रतिक्रिया