गायक, संगीतकार तथा नायक प्रदिप बाँस्तोलाले ‘भुसुना’ बोलको गीत सार्वजनिक गरेका छन् । प्रदिपको शब्द तथा स्वरमा समावेश यो गीतले सामाजिक व्यथितीलाई उठान गरेको छ । फरक गीत बजारमा ल्याउन सधै अग्रसर हुने प्रदिपले भिडियोमा नेपालको झन्डा र कोरोना भाइरसको आकृती कोरेका छन् ।

प्रदिपकै सम्पादन र निर्देशनमा तयार भएको भिडियोमा दिनेश थापाको छायांकन छ । समाजलाई अगाडि बढाउन वाधा पुर्याएका विभिन्न क्षेत्रमा देखिएको विकृतीलाई प्रदिपले यो गीतमा उठान गरेका छन् ।

यो भिडियो ५ हजार भन्दा कम खर्चमा तयार भएको बताइएको छ ।


तपाईको प्रतिक्रिया