काभ्रे (बनेपा) – अत्याधिक रुपमा जिल्लाबाट राजधानी प्रवेश गराउन खोज्ने र नियम बिपरित मानिस ओसार पसार गर्ने ९५ सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले कारबाही गरेको छ ।

सार्बजनिक बसहरुमा रहेका यात्रुहरुको स्वास्थ्य चेक जाँच गर्नुका साथै बढी भाडा लिने २५ वटा बस र प्रयोजन बिपरित मानिस ओसार पसार गर्ने ७० वटा ट्रक तथा पिकअपहरुबाट यात्रुहरुलाई ओराली सबन्धित सवारी साधनलाई नियम अनुसार कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले बताए ।

प्रमुख तामाङले सार्बजनिक बसहरुले बढी भाडा लिएको पाइएमा खबर गर्न पनि आग्रह गरेका छन । उनका अनुसार नियम विपरित मानिस ओसार पसार गर्ने ट्रक र पिकअपबाट मान्छे ओरालेर बसमा पठाइएको हो । ट्राफिक प्रहरीले काभ्रे भएर राजधानी प्रवेश गर्ने मुख्य साँगा नाकासँगै अन्य सहायक नाकाहरुमा समेत चेकजाँचलाई कडाइ गरेको छ ।


तपाईको प्रतिक्रिया