✍️  अम्बिका दुलाल अधिकारी, बनेपा-९ काभ्रेपलाञ्चोक /

मानिसलाइ विवेकशील, सर्वश्रेष्ठ र शृजनशिल प्राणीको सज्ञा दिदै आएको पाइन्छ र हो पनि । मानिस विवेकि व चेतनशील यो कारणले भयो कि उसको बुद्धि , विवेक र चेतना छ जसबाट उसले सहि गलत, असल खराब, माया ममता, स्नेह घृणा र अरुको भावना बुझ्ने र कदर गर्ने क्षमतालाइ बहन गर्दछ । यी सम्पूर्ण कुराहरुको समष्टि भइकन पनि कुनै बेला मनिस यति अबुझ, अज्ञानि र चेतना विहिन पनि भइदिन्छ ।

कुनै पनि व्यक्ति स्वभावैले गलत, खराब वा विवेकहिन हुदैन । उसमा यी कुराहरु देखिनुमा उसको दैनिक क्रियाकलाप , जिवनशैली , वातावरणले उसलाइ यस्तो बन्न बाध्य गराइदिन्छ ।
आमा
आ= आत्मै देखि
मा= माया गर्ने
यो शब्द हामि जति गर्वका साथ लिन्छौं र आमाको त्यो ममता त्यो स्नेह र त्यागलाइ जो कोहि पनि बर्णन गर्न तत्पर र अग्रसर हुन्छौं । हो “आमा” साच्चै महान हुनुहुन्छ । उहाले ९ महिना आफ्नो कोखमा सन्तानलाइ राखी जन्म दिई अथाह स्नेहको वषा गराइ लालनपालन गर्नुहुन्छ । यस्ता कयौं ९ महिना ,९ वर्ष तिनै सन्तानको खुसी , सुख , उन्नति , प्रगति देख्नका लागि समर्पित गरिरहेकी हुन्छिन् ।

आमाले सन्तानलाइ गर्भमा राखेर, प्रसब पिडा सहेर, आफू मृत्युको मुखमा पुगेर एउटा सन्तानलाइ जन्म दिन्छिन् र त्यही सन्तानको खुशीको लागि हरपल समर्पित हुन्छिन् । यो कुरा सम्पूर्ण को आखाले देख्छ , मनले मनन गर्छ र भावनाले पोखिरहेको हामी पाउछौ । हामी मानिसमा स्वभाव नै हुन्छ कि एउटा चिज वस्तु कुराका लागि एउटा संग अर्को दाज्ने गर्छौ । जस्तो कि कुनै पनि वस्तु वा चिजको आकार प्रकार रंग ,स्वाद लाई सकारात्मक रुपमा दाज्न सकिन्छ । तर यो सन्सारमा “माया” यस्तो कुरा हो जसलाइ दाज्न वा तुलना गर्न मिल्दैन । हरेक व्यक्तिले गर्ने मायाको आफ्नै विशेष महत्त्व र अर्थ दिन्छ । आमा, बुबा, दाइभाइ , दिदिबहिनी सम्पुर्णको विशेष महत्त्व हुन्छ ।

त्यस्तै गरेर हाम्रो यो आखाले आमाको माया देखेर भावनाले प्रकट गरे जस्तै त्यस्ता कुनै अवस्था र व्यक्ति बिरलै होलान जसले “बुबा” को माया त्याग र परिश्रम लाई महशुस गरेर भावना द्वारा प्रकट गरेको होस । “महिलाले” जुनसुकै कुरालाइ सहजै प्रकट गरेकी हुन्छिन् तर “पुरुषले ” आफ्ना दुख पिडा र कष्टलाई हतपत देखाउदैनन । आफ्ना पिडा दबाएर सन्तान र परिवारलाइ खुशी दिने महान व्यक्ति हो “बुबा” जसले सन्तानको खुशिको लागि आफ्ना इच्छा चाहाना लाई मारेको हुन्छ ।

हामी आमाको ९ महिनाको कोख र काख लाई स्मरण गर्दै बुबा संग दाज्ने गर्छौ । तर आमा र बुबा को माया लाई तुलना गर्न मिल्दैन । बुबाले पनि त्यस्ता कयौं ९ महिना र ९ वर्ष आफ्नो सन्तानको खुशिको लागि समर्पित गरेको हुन्छ । आमा वा बुबा हरेक को सन्तान प्रती को माया आफ्नै ठाँउमा महान छ । बुबाको औला समाएर हिडेकाे, लड्न खोज्दा उठाएको कुरा हामी पल भरमै बिर्सन्छौ ।

एउटा सन्तानलाइ भौतिक, भावनात्मक सुख दिनका लागि बुबाले हरदिन प्रयास गरेको हुन्छ । आफ्नो सन्तानलाइ असल मार्ग तर्फ लम्कन प्रेरित गरिरहेको हुन्छ । त्यसकारण प्रत्येक व्यक्ति ले जसरी आमाको माया र त्याग लाई देख्छ त्यसरी नै बुबाको माया र त्याग लाई देख्नु जरुरी देखिन्छ ।


तपाईको प्रतिक्रिया