पुरुषोत्तम सुबेदी र अस्मीता अधिकारीको स्वरमा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक भएको छ ।

डिलाईटेड नेपाल युटुब च्यानलमार्फत सार्वजनिक प्रेमिल गीत डीपी दाहाल परिश्रमीले लेखेका हुन् भने पुरुषोत्तम स्वयंमले संगीत दिएका हुन् । गीतमा मायाको घर बसाउन एक–अर्काले पक्का गरौं भन्ने भाव समेटिएको छ ।

गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र पुष्प खड्का लगायतको अभिनय गरेका छन् । ह्वाइट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने कोरीयोग्राफी प्रबिन थापा र सम्पादन, तथा निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् ।

भिडियो :


तपाईको प्रतिक्रिया