– जानुका खनाल, 
शिक्षा यस्तो चिज हो जसले व्यक्तिको शारिरीक, मानसिक,संवेगात्मक लगायत सर्वाङ्गीण विकास गर्छ । व्यक्तिको सर्वाङ्गीण विकास गराउने शिक्षा मानव जीवनकै लागि अपरिहार्य छ । शैक्षिक इतिहासको पाना पल्टाएर हेर्ने हो भने विश्वमा शैक्षिक क्षेत्रले ठुलो फडको मारिसकेको छ तर हाम्रो देश नेपालमा भने सिकाइ प्रक्रियामा अझै पनि सुधार हुन सकेको छैन ।

आजको एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि शदियौँदेखि जरा गाडेको सैद्धान्तिक शिक्षामा नै नेपालको शैक्षिक प्रक्रिया रुमलिरहेको छ । हाम्रो शैक्षिक प्रणाली अझैसम्म पनि घोकन्ते विद्या र नम्बर ल्याउने प्रणालिमा आधारित छ भन्दा फरक पर्दैन । पढेलेखेका शिक्षित वर्गका मानिसहरु पनि पढ्नुको अर्थ बालबालिकालाई किताबमा भएका सबै कुरा आउनु र परीक्षामा उत्कृष्ट अंक ल्याउनु हो भन्ने सोचाइबाट अछुतो रहन सकेका छैनन् । अधिकांश अभिभावकलाई सिकाइका क्रममा बालबालिकाले उसले जतिसुकै कण्ठ गरेर भए पनि किताबमा भएका कुरा भन्न जान्नुपर्छ, अनि परीक्षाको समयमा पाना भरिने गरी लेखेर धेरै नम्बर ल्याउनुपर्छ नम्बर धेरै ल्याउन सकेमात्र सफल भएको लाग्ने गर्दछ ।

हुन त हाम्रो देशको शिक्षा प्रणाली र मूल्याङ्कन प्रक्रिया नै त्यस्तै छ त्यसैले पनि हामी जुन परिवेशको शैक्षिक प्रणलिबाट हुर्कियौँ त्यही प्रकारको सिकाइ प्रक्रिया आफ्ना बालबालिमा खोज्छौँ । के विद्यालय जानु र पढ्नुको अर्थ पाठमा भएका कुरा रट्नु र नम्बर ल्याउनु मात्र हो त रु के परीक्षामा कम ल्याउने बालबालिका साँच्चै नै केही कुरा नजान्ने र असफल नै हो त रु पक्कै होइन । परीक्षा मूल्याङ्कन गर्ने एउटा माध्यम हो तर वर्षभरि सिकेका कुरालाई २र३ घण्टाको समयावधिमा गरिएको मूल्याङकनलाई सबैथोक ठान्नु त्यो चाहिँ भने पक्कै उचित होइन । हुन त केही विद्यालयहरुले सिकाइ सैद्धान्तिक मात्र नभई व्यावहारिक हुनुपर्छ भन्ने कुरालाई मध्यनजर गरी सोही अनुरुपको सिकाइ प्रक्रिया अगाडि बढाएका छन् ।

यो सराहनीय कार्य हो तर अझै पनि अधिकांश विद्यालयले भने चाहेर पनि यस कुरामा परिवर्तन गर्न सकेका छैनन् । अब हामी सबैले गहिरिएर सोच्ने बेला आएको छ कि सिक्नु भनेको परीक्षामा उत्कृष्ट अंक ल्याउनको लागि मात्र होइन यो त व्यवहारमा लागू गर्नका लागि पनि हो । लेखेर नम्बर ल्याएपनि ती कुराहरुलाई व्यवहारमा प्रयोग गर्न सक्दैन भने त्यो सिकाइको के अर्थ रु त्यसैले हामी सबैले बुभ्mनु जरुरी छ कि सिकाइलाई जीवनसँग तुलना गर्दै अगाडि बढाउनुपर्छ किनकि जीवन जीउन नम्बरभन्दा पनि सिकेका कुरा व्यवहारमा प्रयोग गर्नु जरुरी हुन्छ ।


तपाईको प्रतिक्रिया