– डा. उज्वल न्यौपाने, 

१) के हो कोरोना ?
कोरोना भइरस एउटा आर.एन.ए. भाइरसहरुको समुह हो, जसले पंक्षीतथा स्तनधारी जीवहरुमाविभिन्न रोगहरु उत्पन्न गराउछ । मानिसमा कोरोना समुहको भाइरसहरुले सामान्य रुघाखोकी देखि घातक स्वासप्रस्वास सम्बन्धी रोगहरु निम्त्याउने गर्छ । कोरोनाले गराउने घातक रोगहरुमा सार्स मर्स र अहिले देखा परेको कोभिड–१९ पर्दछन । विभिन्न जीवहरुमा कोरोनाको लक्षणहरु भिन्नभिन्न हुन सक्दछ । कोरोना भाइरस पहिलो पटक १९३० माकुखुरामा देखिएको थियो । मानिसमा भने पहिलो कोरोना भाइरस १९६० मा भेटिएको थियो । यो भाइरस देखिएको एक शताब्दी पनि नभएको भएता पनि यसको उत्पत्तिभने ८००० बि.सि. तिर नै भएको अनुमान गरिएको छ ।

२) सार्स कोरोना भाइरस–२ के हो ?
कोरोना भाइरस रोग सन् २०१९ (कोभिड–१९) पहिलो पटक वुहान, चीनमा गम्भिर स्वासप्रस्वास सम्बन्धि रोग भएको बिरामीमा देखिएको थियो । सन् २०१९ को डिसेम्बरको दोस्रो साता देखा परेको यो भाइरसलाई सार्स कोरोना भाइरस–२ भनेर बैज्ञानिक नाम दिइएको छ । पहिलो पटक देखिएको यो भाइरसले यो लेख तयार गर्दैगर्दा सम्म १ करोड ६८ लाखभन्दा बढीलाई संक्रमित बनाइ सकेको छ भने ५ लाख ६८ हजार भन्दा बढीले ज्यान गुमाइ सकेका छन । नेपालमा भने हाल सम्म १६ हजार ७ सय जनालाई रोग लागेको तथा ३८ जनाले ज्यान गुमाइ सकेको अवस्था छ । सजिलै एक अर्कामा सर्न सक्ने र बृद्ध तथाविभिन्न स्वास्थ समस्या भएका विरामीलाई सजिलै गम्भिर अवस्थामा पु¥याइदिन सक्ने क्षमताले गर्दा यो भाइरसलाई विश्वभर गम्भिर रुपमा लिइएको छ । महामारी गराउने नोभेल कोरोना भाइरसमा सार्स र मर्स पछि यो सार्स–कोभी–२ भाइरस तेस्रोमा पर्दछ । देखापरेपछि यो भाइरसमा विभिन्न उत्परिवर्तन आएर अहिले झन शक्तिशाली हुँदै गएको वैज्ञानिकले अनुमान गरेका छन् ।

३) यो रोग कसरी लाग्छ ?
वैज्ञानिकहरुले धेरैजसो कोरोना भाइरस चमेरामा पाइने आंकलन गरेका छन र यो कोभिड–१९ गराउने भाइरस पनि चमेरोबाटै सरेको अनुमान गरिएको छ । यो संक्रमित ब्यक्तिले खोक्दावा, हाछ्युँगर्दा, नाकवा मुखबाट निस्कने छिट्टाको माध्यमबाट अर्को ब्यक्तिमा सर्दछ । यी छिट्टाबाट भाइरस विभिन्न सतहमा रहेर पनिती स्रोतबाट एक अर्कामा सर्न सक्छ । जनावरबाट भने मानिसमा सर्ने नसर्ने यकिन केही प्रमाण फेला परेको छैन ।

४) लक्षण के के हुन्छन ?
अधिकांस संक्रमित व्यक्तिमा सामान्य रुघाखोकी ,शारीरिक थकान तथा ज्वरो देखिन्छ र कुनै औषधी उपचार विना नै आफैं निको हुन्छ । संक्रमण भएको २ दिन देखि १४ दिन सम्ममा सामान्यतया विभिन्न लक्षण देखिन सक्छ र यो अवधिलाई इन्कुबेसन समय भनिन्छ । यो समयमा देखापर्ने लक्षणहरुमा कामज्वरो, स्वास फेर्न गाह्रो हुने, थकान, मांसपेसी दुख्ने, गल्ने, टाउको दुख्ने, जिब्रोको स्वादलिने शक्ति र नाकको सुङ्ने शक्तिकमहुने, नाकबन्दहुने, वाकवाक लाग्ने, घाँटी खसखस गर्ने, वान्ता आउँने, पखाला लाग्ने आदी पर्दछन । बृद्ध तथा पुरानो रोग जस्तै ः– चिनीरोग, मुटु सम्बन्धि रोग, फोक्सोको रोग भएका विरामीलाई यो भाइरसले जटिल समस्याहरु निम्त्याउन सक्छ । न्युमोनिया, तीब्र स्वासप्रस्वास प्रणाली फेल हुले, ए.आर.डि.यस. जस्ता जटिलता केही बिरामीमा आउन सक्छन । जसका लागि आस्पताल सेवा अत्यावश्यक हुन्छ र गहन देखभालइकाई (आई.सी.यु.) अन्तर्गत राखी भेन्टिलेटर समेत प्रयोग गर्नुपर्ने हुनसक्छ । यी जटिलता देखापर्नेमध्ये २५–४५ प्रतिशतले ज्यानगुमाउन सक्ने समेत तथ्याँकले देखाएको छ । तसर्थ सी.डी.सी. ले स्वासप्रस्वासमा समस्या, छाती दुख्ने, ओठ निलो हुने तथा कोरोनाका अन्य शंकास्पद लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ संस्थामा सम्पर्क गर्न अनुरोछ गरेको छ ।

५) जाँच के छ त ?
कोभिड – १९ को जाँजगर्न कनोरोना बिरुद्ध शरीरले उत्पादनगर्ने एन्टिबडीको माध्यमबाट गरिन्छ । यसका लागि धेरै जाँचहरु छन् । नेपालमा भने पी.सी.आर. अथवाआर.डी.टी. बाट कोरोना जाँच गर्न सकिन्छ । पी.सी.आर. परिक्षणको लागि घाँटीको पछिल्लो भागबाट स्वाबलिएर जाँच गरिन्छ । आर.डी.टी माकुनै भाइरसले उत्पादन गर्ने एन्टीजेनको मात्रा जाँच गरिन्छ । लक्षण दाखिएका बिरामी, पोजिटिव केसको सम्पर्कमा आएका व्यक्ति, स्वास्थकर्मी, क्वारेन्टाइनमा राखिएका बिरामीमापी.सी.आर. जाँचगरिन्छ । सम्भावित कोरोनाको विरामीको सेवामा अग्रपंक्तिमा कार्यरत सबै स्वास्थकर्मीमा आर।डी।टी। जाँच गरिन्छ र पोजिटिव आएमापी.सी.आर. गरिन्छ । हाल सम्म स्वास्थ मन्त्रालय अन्तर्गत टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बिभिन्न प्रादेशिक अस्पतालहरु र सरकारले तोकेका सरकारी अस्पतालहरुमा यी जाँचको ब्यबस्था गरिएको छ । पी.सी.आर. पोजेटिव देखिएका तर सामान्य लक्षण भएका बिरामीलाई देशभरका बिभिन्न क्वारेन्टाइनमा राखिन्छ । साथै संबेदनशिल बिरामीलाई भने आइसोलेशन वार्डमा राखि आवश्यक उपचार गरिन्छ । पोजेटिव देखिएका बिरामीको ३ वटा जाँच नेगेटिव आएपछि रोगमुक्त घोषणा गरि डिस्चार्ज गरिन्छ ।

६) उपचार के छ त ?
कोरोना भाइरसको रोकथामको लागिएफ.डी.ए. प्रमाणित कुनै औषधी छैन तर हरेक दिन बिश्वभर बिभिन्न संस्थाले औषधी तथा खोप पत्ता लगाउन नयाँ-नयाँ अध्ययन अनुसन्धान गरि रहेका छन् । यस भाइरसको निवारणका लागि विभिन्न औषधीहरुको प्रयोगको अध्ययन अन्तर्गत क्लोरोक्विन तथा हाइड्रोक्सिन–क्लोरोक्विन, रेम्डेसिभर, आइभरमेक्टिन आदीको अध्ययनमा सकारात्मक नतिजा देखिएको छ । अध्ययन अनुसार मलेरियामा प्रयोग गरिने क्लोरोक्विन औषधीले कोरोना लाग्नन दिने तथा रेम्डेसिभर नामक औषाधीले भाइरसको प्रजनन्माबाधा पु¥याएर रोगको निवारण गर्न सहयोग पु¥याउने देखिएको छ । त्यसैगरि एच.आई.भी. माप्रयोग गरिने लोपोनाभिर र रीटोनाभिरको मिश्रणले भाइरसको जनशक्ति कमगरि लक्षणमा सुधार ल्याउन सक्ने देखिएको छ । साथै भाइरसको प्रजनन्का लागि चाहिने आर.एन.ए. लाई नष्ट गर्नसक्ने क्रिस्पर प्रणाली सम्बन्धी पनि खोज भइरहेको छ ।

सामान्य लक्षणहरु जस्तै रुघा-खोकी लागेमा स्वास्थ संस्था गई रहनु पर्दैन र घरेलु उपचार पद्धती नै प्रभावकारी हुन्छ । स्वासप्रस्वास सम्बन्धि समस्या, न्युमोनिया, पुरानो रोग भएका बिरामीमा लक्षण देखिएमाभने चिकित्सकको सल्लाहलिनु नै उचित हुन्छ । जटिल समस्याहरु जस्तै ए.आर.डी.एस., न्युमोनिया, तीब्र मृगौला क्षती आदी देखिएमा अस्पतालमै भर्ना भई लक्षण सहयोगी उपचार गर्नुपर्ने हुन्छ ।

७) जाखिमबाट बच्न के गर्ने ?
जोखिम निवारण गर्ने नै कोरोना बिरुद्ध हतियार हुनसक्छ । यसका लागि हामीले डब्लु.एच.ओ. ले बताएका प्रमुख नियमहरुलाई पालन गर्नुपर्ने हुन्छ । सकेसम्म अत्यावश्यक कार्यबाहेक अन्य काम लागि बाहिर नजाने, कम्तीमापनि २ मिटरको दुरी बनाइराख्ने, बाहिर तथा जोखिमयुक्त स्थानहरुमा जाँदा मास्कको प्रयोग गर्ने, कम्तिमा ६० प्रतिशत अल्कोहल मिश्रित सेनिटाइजर प्रयोग गरिरहने, हात धोइरहने, आफुले प्रयोय गर्ने मोबाइल, पर्स, कलम, काइयो आदी सामाग्रीलाई पनि नियमित सेनिटाइज गर्ने, खोक्दावा हाछ्युँगर्दा कुइना या रुमालले नाक र मुख छोप्ने तथा संकाश्पद लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ संस्थामा सम्पर्क गर्ने गरेमा कोरोना लाग्नबाट बच्न सकिन्छ । कोरोना लागि हालेमा पनि सिघ्र स्वास्थ सेवा प्राप्त गरि स्वस्थ रहन सकिन्छ । तथ्याँक अनुसार ३ प्रतिशतजति बिरामीको मात्र मृत्युदर रहेको छ र स्वस्थ ब्यक्तिमा अझै कम छ तसर्थ कोरोना लागि हालेता पनि आत्तिहाल्नुपर्ने हुदैन । त्यसैले यीनियमहरु पालन गरेर हामीले कोरोनाको भार कमगर्न सकिन्छ ।
(लेखक काभ्रेको बल्थलीका न्यौपाने केएमसीमा इन्टर्न गर्दैछन)


तपाईको प्रतिक्रिया