काभ्रे (धुलिखेल)-  जिल्लामा आज थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । पाँचखाल नगरपालिकाका दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र झाले बताए ।

उनका अनुसार धुलिखेल अस्पतालमा पिसिआर चेक गर्ने क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो । विदेशबाट फर्केर क्वारेन्टाइनमा बसेका उनीहरुको पिसिआर चेक गर्दा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

असार २ गते नयाँ दिल्लीबाट स्वेदेश फर्कि पाँचखाल क्वारेन्टाइनमा बसेका पाँचखाल नगरपालिका वडा नं ९का ३७ वर्षीय पुरुष र साउदीबाट असार ७ गते पाँचखाल क्वारेन्टाइनमा आइपुगेका वडा नम्बर ६ का ३३ वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएको हो । उनीहरुको नगरपालिकाको आइसोलेशनमा उपचार भइरहेको प्रमुखले डा.झाले बताए ।

नगरको क्वारेन्टाइनमा रहेका २४ जनाको पिसिआर परिक्षण गरिएकोमा २ जनामा कोरोना संक्रमण देखिएको पाँचखाल नगरपालिकाले जनाएको छ । नगरका अनुसार पिसिआर चेकको लागि नगरबाट पठाइएको मध्ये अझै ४ जनाको रिपोर्ट आउन बाँकी छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितमध्ये ६ जनाको उपचारपछि घर फर्किएका छन् ।


तपाईको प्रतिक्रिया