काठमाडौँ – निरन्तर उकालो लागेको सुनको मूल्य बिहीबार ७ सयले घटेर ९१ हजारमा पुगेको छ। बुधबार ९१ हजार ७ सय प्रतितोलामा कारोबार भएको सुनको मूल्य बिहिबार ७ सय रुपैँयाले घटेर ९१ हजार पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ९ सय ५० रुपैयाँमा कायम छ। बुधबार चाँदीको मूल्य प्रतितोला ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।


तपाईको प्रतिक्रिया