काठमाडौं – मन्त्रिपरिषदको नियमित बैठक आज १२ बजेपछि बस्दै छ । बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रमुख सत्तारुढ नेकपाभित्र चर्किएको विवादबारे पनि बैठकमा छलफल हुन सक्ने अनुमान छ । यसअघि बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्रीहरुसँग परामर्श गरेका थिए । उनले आफूविरुद्ध चौतर्फी घेराबन्दी गरिएकाले सहयोग गर्न आग्रह गरेका थिए ।


तपाईको प्रतिक्रिया