काभ्रे (बनेेेपा) – एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाको बनेपा नगरपालिका वडा न १० का २४ बर्षीय युवतीमा कोरोना सङक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डा. नरेन्द्र कुमार झाले बताए ।

डा.झाका अनुसार संक्रमित ब्यक्ति कुबेतम काम गर्दै आएकोमा जेठ २९ गते नेपाल फकेको थिइन । उनलाई टेकु हस्पिटललाने तयारी भएको प्रमुख डा.झाले बताए ।

उनको स्वाब परीक्षण पछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी जिल्लाको सातौ कोरोना सक्रमित हुन् । यस अघि जिल्लामा ६ जनामा कोरोना सक्रमण देखिएको थियो । संक्रमितहरु मध्य ५ जना उपचार पश्चात निको भएर घर फर्किसकेका छ्न् भने एक जना टेकु हस्पिटलमा उपचारको क्रममा छन ।


तपाईको प्रतिक्रिया