काभ्रे (धुलिखेल) – जिल्लाको धुलिखेल नगरपालिका वडा नं २ मा बुधबार टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृतक चालक ५० वर्षिय बेदप्रसाद कोइरालाले र ५५ वर्षिय गोबर्दन कोइराला रहेका छन् ।

बुधबार दिउँसो बा ४ ख ६३८६ नम्बरको टिपरले मोटसाईकललाई ठक्कर दिँदा दुवैको घटना स्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

मृतक दुबै जनाको शव बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।


तपाईको प्रतिक्रिया