काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बृद्धि हुने क्रम जारी छ । । सुनको मूल्यले आज फेरि नयाँ किर्तिमान कायम गरेको छ।

मंगलबार ९१ हजार २ सयमा कारोबार भएको सुन आज ५ सयले बढेर बुधबार सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । महासंघका अनुसार यससँगै, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।

महासंघले आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार २६५ रुपैयाँ तोकेको छ। चाँदीको मूल्य प्रतितोला  ९ सय ६० रुपैयाँ तोकेको छ।


तपाईको प्रतिक्रिया