काठमाडौं – नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ६६ वर्षीया छन्त्यालको बुधबार निधन भएको हो।

उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी  दिए । उनका अनुसार आज दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

बाग्लुङको तमानखोला गाउँपालिका वडा नं.५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् । उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् ।


तपाईको प्रतिक्रिया