सप्तरी– सप्तरीको राजगढ गाउँपालिका–४ मा आज बिहान खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३० वर्षीय अनिलकुमार मण्डल रहेको स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।

बिहान करिब ३ बजे घरदेखि ५०० मिटर दूरीमा आफैँले स१त ५८७६ नंको ट्र्याक्टर चलाएर खेत जोत्ने क्रममा च्यापिएर उनको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । सेभ द सप्तरीका कर्मचारीसमेत रहेका मण्डलको निधनप्रति इमान्दार कर्मचारी गुमाएको भन्दै सेभ द सप्तरीका अध्यक्ष ध्रुवप्रसाद देवले दुःख व्यक्त गर्नुभएको छ । रासस


तपाईको प्रतिक्रिया