काभ्रे (धुलिखेल) – जिल्लाको विभिन्न स्थानिय तहहरुको क्वारेन्टाईनमा बस्नेको संख्या दुई सय नाघेको छ । क्वारेन्टाईनमा २ सय १ जना पुरुष र ३० महिला गरि २ सय ३१ जना पुगेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

त्यस्तै काभ्रेको धुलिखेल अस्पतालमा १ हजार १ सय ६९ जनाको स्वाब संकलन गरि पिसिआर बिधिमार्फत परिक्षण गरिएको र अन्य जिल्लाको ७ हजार १ सय ९९ जनाको पिसिआर परिक्षण गरिएको पोष्टले जनाएको छ । परिक्षण भएका मध्ये ५ सय ११ जनाको पिसिआर पोजेटिभ आईसकेको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रले जिल्लाका होटलमा सुरक्षकर्मीको व्यवस्था गर्ने निर्णय गरेको छ । विदेशबाट आएर होटल क्वारेन्टाईनमा बसेकाहरु आफुखुसी हिडडुल गर्ने, परिवार सँग भेटघाट गर्ने, होटल भित्र प्रवेश गराउन थालेपछि होटलमा पनि सुरक्षाकर्मीको वयवस्थापन गर्ने केन्द्रले निर्णय गरेको हो । साथै सिसिएमसिले जिल्लाको क्वारेन्टाईनहरु नेपाल सरकारको मापदण्ड अनुसारनै रहेको र क्वारेन्टाईनमा बसेका नागरिकहरुको स्वाव संकलन गरी छिटो परिक्षण गर्ने व्यवस्था मिलाउन सामुदायिक अस्पताल सँग समन्वय गर्ने पनि निर्णय गरेको छ ।

क्वारेन्टाईनमा बसेका नागरिकहरुलाई स्वास्थ्य सुरक्षा, खानपान तथा बसोवासको उचित व्यवस्था पनि मिलाउन सुरक्षा निकायले स्थानिय निकायसँग समन्वय गर्ने पनि सिसिएमसिले निर्णय गरेको छ । काभ्रेमा १३ वेडको आईसोलेसन कक्ष र ८ सय ७ वेडको क्वारेन्टाईन तयारी अवस्थामा रहेका छन् ।


तपाईको प्रतिक्रिया