काभ्रे (बेथानचोक) – क्योकुशिन कराँतेका राष्ट्रिय खेलाडी बीरमान वाइवाको निधन भएको छ ।

जिल्लाको बेथानचोक गाउँपालिका वडा न ६ मेधाम्सु स्थायी बसोबास रहेका वाइवाको आइतबार बिहान निधन भएको हो ।

बेथानचोक गाउँपालिका वडा न ६ का वडा अध्यक्ष बिष्णु तामाङले आइतबार बिहान अबेर सम्म नउठेपछि परिवारले बोलाउन जाँदा वाइवा मृत भेटिएको जानकारी दिए ।

वाइवा लकडाउनपछि घर मै बस्दै आएका थिए । वाइवाले नेपाल क्योकुसिन फुल कन्टयाक्ट् कराँतेको १० पटक सम्म राष्ट्रिय च्याम्पियन लगायतमा पदक जित्दै आएका थिए ।


तपाईको प्रतिक्रिया