सडकमा सवार गर्ने सवारीदेखि पदैल हिँड्ने यात्रुलाई सचेत र सजग बनाउने जिम्मेवारी ट्राफिक प्रहरीको हुन्छ । बढ्दो शहरीकरण, सवारी साधन र सडक प्रयोगकर्ताको अत्याधिक चापलाई व्यवस्थित गर्नु ट्राफिक प्रहरीलाई चुनौतीको विषय भएको छ । देशभर प्रमुख समस्याको रुपमा रहेको सवारी दुर्घटनालाई न्यूनिकरण गर्नु ट्राफिक प्रहरीको लागि जटिल विषय बनेको छ ।

त्यस्तै, काभ्रेमा पछिल्लो समय ट्राफिक प्रहरीले गरेको गतिविधि, सवारी र सडकको अवस्था, ट्राफिक व्यवस्थ्यापन र परिचालन, सडक सुरक्षामा देखिएका समस्या जस्ता विषयवस्तुलाई समेटेर जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङसँग गरिएको संवादलाई यस अंकमा प्रस्तुत गरिएको छ ।

0 प्रहरी संगठनमा तपाईको यात्रा कहिलेबाट सुरु भयो ?
– प्रहरी संगठनमा मेरो यात्रा २०७२ साल असोजदेखि सुरु भएको हो । यो क्षेत्रमा प्रहरी निरीक्षकको पदबाटै यात्रा अगाडी बढाएको हुँ । हेटौँडा, काठमाडौँको कमलपोखरी र काभ्रे गरी मेरो हालसम्म ३ वटा पोष्टिङ भयो । गत वर्ष २०७६ पुष ३ गतेबाट काभ्रेमा जिल्ला ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पाएको छु । ट्राफिक प्रहरीमा यो मेरो पहिलो अनुभव हो ।

0 जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रमुख भएर काम गरिरहदाँ कस्तो महशुस भएको छ ?
– जिल्लाको ट्राफिक प्रहरीको प्रमुखको जिम्मेवारी सम्हाल्नु एउटा चुनौतीको विषय रहेको छ । जिल्लाको जनसंख्या र बढ्दो सवारी चापलाई ट्राफिक प्रहरीको जनशक्तिसँग तुलनात्मक रुपले हेर्दा यसको व्यवस्थापन पाटो निकै चुनौतीपूर्ण र जटिल छ । ट्राफिक प्रहरीमा मेरो पहिलो पोष्टिङ भएको मैले यो चुनौतीलाई मैले अवसरको रुपमा हेरेको छु । ट्राफिक प्रहरी कार्यालयको टिमको सहयोग र सहकार्यले गर्दा नै धेरै राम्रो अनुभव प्राप्त गरेको छु ।

0 आफूले निवार्ह गरिरहनु भएको जिम्मेवारीको बारेमा बताइदिनुहोस् न ?
– ट्राफिक प्रहरीको प्रमुख जिम्मेवारी भनेकै सडकमा दुर्घटना हुन नदिनु हो । यसका साथै सडकमा कुनै पनि किसिमले अवरुद्ध नहोस् भन्ने पनि हो । तर सडकमा यात्रा गर्दा कुनै पनि किसिमले सर्वसाधारणले दुःख झेलिरहेका छन् । उपत्यका प्रवेश गर्ने जिल्लामा वि.पी र अरनिको गरी दुई वटा ठूला राजमार्गहरु रहेका छन् । त्यसकारण पनि जिल्लामा सवारी चाप बढ्दो छ । बढ्दो सवारी चापलाई नियन्त्रण गर्न ट्राफिक व्यवस्थापनमा अझै धेरै कार्यहरु गर्न बाँकी रहेको छ । कोरोनाको प्रभावले गर्दा हाम्रा धेरै कार्यक्रमहरु स्थगित भएका छन् । यसको साम्यपछि हाम्रा कार्यक्रम र योजनाले निरन्तरता पाउने छ ।

0 तपाईले यहाँ प्रमुख भएर जिम्मेवारी सम्हाल्नुभएको ६ महिना भयो, यो अवधिमा जिल्लमा ट्राफिक प्रहरीले गरेको प्रमुख कार्यहरु के के छन् ?
– जिल्लामा पोष्टिङ हुने सबै इन्चार्जले आफ्नो कार्यकालमा केही नयाँ कार्य गर्नुपर्ने नै हुन्छ । सडकदेखि सवारीसम्मका सबै जिम्मेवारी प्रमुखको नै हृुन्छ । जिल्लामा सडक र सवारी अन्र्तगत घट्ने हरेक घटनाको जिम्मेवारी ट्राफिक प्रहरीकै हुन्छ । त्यो हिसाबले पनि हामीले विभिन्न कार्यक्रमहरु ग्र्दै आएका छौँ । यहाँ पोष्टिङ हुने बित्तिकै पनि ट्रिपर चालकलाई सपथ ग्रहणदेखि एम्बुलेन्स चालकलाई शिक्षा, सडकमै ट्रिपर चालकको स्वास्थ्य परिक्षण, चालकसँग एक मिनेट, विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम जस्ता धेरै कार्यक्रमहरु ग¥यौँ । कोरोना भाइरसले स्थगित भएका कार्यक्रम र योजनाहरु पुनः सुचारु हुनेछन् ।

0 जिल्लामा नयाँ के गर्ने योजना बनाउनुभएको छ ?
– ट्राफिकले गर्ने कार्य भनेको हरेक जिल्लामा एउटै हुन्छ । सडकमा सवारीको चाप धेरै हुन्छ । त्यसको व्यवस्थापनमै ट्राफिक प्रहरी केन्द्रित भइरहेको हुन्छ । अहिलेको अवस्थामा जिल्लामा न त प्रशस्त जनशक्ति नै छ, न त प्रशस्त समय नै । त्यसको बाहुजुत पनि हामीले सम्बन्धित निकायसँग समन्वय गरेर ¥याडर गन (सवारीका स्पिड मापन गर्ने यन्त्र) र ब्रेथ लाइजर (मादक पदार्थ सेवन चेकजाँच गर्ने यन्त्र) प्रयोगमा ल्याउने तयारी भइरहेको छ । जुन कार्य जिल्लाको लागि बिल्कुलै नयाँ हो । सम्बन्धित निकायसँगको छलफलपछि हामीले यसलाई प्रयोगमा ल्याउन तयारी गरेका छौँ ।
सवारी दुर्घटनाको मुख्य कारण मापसे गरी सवारी चलाउनु र अत्याधिक गतिमा सवारी चलाइएको पाइएकाले यसको प्रयोगले दुर्घटना न्यूनिकरण हुने अपेक्षा गरिएको छ । त्यस्तै अब सर्वसाधरणको लागि ट्राफिक नियम पालना सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्ने योजना पनि बनाएका छौँ ।

0 यहाँको कार्यकालमा स्थानीय सर्वसाधरणले के–के अपेक्षा राख्ने ?
– स्थानीय सर्वसाधरणको ट्राफिकबाट अपेक्षा भनेकै सडकमा हिँडडुल गर्ने सहज वातावरण बनोस्, आनन्दले आफ्नो गन्तव्यमा पुग्न पाइयोस्, कुनै किसिमको दुर्घटना नहोस्, र ट्राफिकबाट ट्राफिक नियमको पालना गराइयोस् भन्ने नै हुन्छ । हामी उहाँहरुकै सेवाको लागि नियुक्ति भएका हौँ । ट्राफिकले सर्वसाधरणको गुनासो पनि सुनिदियोस् भन्ने अपेक्षा गरेका हन्छन् । हामीले उहाँहरुको अपेक्ष अनुरुप विभिन्न कार्यक्रमहरु गर्ने र गुनासोहरु सुन्ने गरेका छौँ । सर्वसाधरणले ट्राफिक प्रहरीलाई टेलिफोन र फेसबुक पेजमार्फत धेरै गुनासो गरिरहनुभएको छ । हामीले उहाँहरुको गुनासो सम्बोधन गर्ने गरेका छौँ ।

0 कस्तो खालको गुनासोहरु धेरै आउने गर्छन् ?
– धेरै गुनासो भनेकै बेलुकाको समयमा ट्रिपरले बजाउने प्रेसर हर्न नै हो । यसका साथै अत्याधिक गतिमा ट्रिपर गुड्ने र सडक वारपार गर्न समस्या भएको जस्ता समस्याबारे स्थानीय सर्वसाधरणले गुनासो गर्नुभएको छ । उहाँहरुको समस्यालाई हामीले सम्बोधन पनि गरिरहेका छौँ । हालको समयमा अनावश्यक रुपमा बजाइएको ट्रिपरको प्रेसर हर्न निकालेका छौँ । जिल्लामा जेब्रा क्रसिङबाट पनि सडक वारपार गर्न समस्या भएको, सार्वजनिक यातायातमा क्षमताभन्दा बढि यात्रु राख्ने, रुट पर्मिट बिनाका माइक्रोहरु सञ्चालन गर्ने जस्ता अरु समस्याबारेमा पनि सर्वसाधरणले गुनासो गर्दै आउनुभएको छ ।

0 हिजोको दिनमा तपाई जनपद (सिभिल प्रहरी)को जिम्मेवारी सम्हाल्नुभएकोे थियो, र आज ट्राफिक क्षेत्रमा पहिलो पटक जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ, यी दुइ वटा जिम्मेवारीबिच के फरक पाउनुभयो ?
– सडक सुरक्षाको क्षेत्रमा म नयाँ भएपनि यसबारेमा ज्ञान प्रशस्त छ । हिजोको दिनमा चोरी, डकैतीका मुद्धाहरुको अनुसन्धान गरेको थिए, आज भने सवारी साधन चेकजाँच, चालकसँग अन्र्तक्रिया, सर्वसााधरणलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने जिम्मेवारी छ । सडकमा निस्कने सबै सवारी साधन र सर्वसाधरण सबै आ–आफ्नो गन्तव्यसम्म पु¥याउने जिम्मेवारी ट्राफिक प्रहरीको हुन्छ भने समाज हुने हरेक अपराधिक क्रियाकलाप रोक्ने जिम्मेवारी जनपद प्रहरीको हुन्छ । यी दुवै प्रहरी एउटै संगठनको भएपनि काम गर्ने शैली फरक हुन्छ ।

0 सम्रग रुपमा सडक सुरक्षामा अहिले देखिएको प्रमुख चुनौती के रहेको छ ?
– सडक सुरक्षामा देखिएको प्रमुख समस्या भनेको अव्यवस्थित सडक र बढ्दो सवारी चाप नै हो । कतिपय ठाउँमा सडकको अवस्था जिर्ण रहेको छ । सवारी पुग्न नसक्ने ठाउँमा पनि क्षमताभन्दा धेरै यात्रु र सामानहरु राखेर चलाइएको भेटिएको छ । यहीँ राजमार्गमै पनि सवारीको अनुपात अनुसार सडकको अवस्था राम्रो छैन । यहाँ सवारी चाप अनुसारको सडक संरचना व्यवस्थित छैन । जिल्लामा प्रमुख दुई राजमार्गमा भएपनि कतै सब वे राखिएको छैन, ट्राफिक बत्ती, ¥याडर गन, ब्रेथ लाइजर जस्ता सामाग्रीको व्यवस्था हुन सकेको छैन । सडक प्रविधिमैत्री हुन नसकेकाले पनि हामी अलिकति पछाडी नै छौँ । सिमित श्रोत साधन र जनशक्तिबाट ट्राफिक परिचालन र व्यवस्थापन गर्नु पनि अर्को मुख्य चुनौती रहेको छ । सडक दुर्घटना न्यूनिकरण गर्नु अहिलेको प्रमुख समस्या रहेको छ र यसको समाधानका लागि हामीले बिकल्पहरु खोज्नैपर्छ ।

0 अहिलको सन्र्दभमा विश्वमा फैलिएको कोरोनाको प्रभाव नेपालमा पनि परिरहेको छ, यो विषम परिस्थितीमा ट्राफिक प्रहरीले सर्वसाधरणलाई कसरी सुरक्षा दिइरहेको छ ?
– अहिलेको यो अवस्थामा अग्रस्थानमा काम गर्नेहरुमध्ये सडकमा सबैभन्दा पहिले ट्राफि निस्किएको छ । त्यसरी नै जनपद प्रहरीको पनि आफ्नो कार्य अनुसार परिचालन भएको छ । सडकमा गुड्ने सवारी चालक र मानिसहरुसँग सिधा सम्पर्कमा हुने भनेको ट्राफिक प्रहरी नै हो । लकडाउन सुरु भएदेखि नै हामीले आफू सुरक्षित भएर सर्वसाधरणलाई सुरक्षित गराइरहेका छौँ । हामीले सर्वसाधरणलाई दिनुपर्ने सडक सुरक्षादेखि स्वास्थ्य सुरक्षामा कुनै सम्झौता गरेका छैनौँ ।

0 स्वास्थ्य र सुरक्षाका लागि श्रोत र साधनको अवस्था के कस्तो छ ?
– माथिल्लो निकायबाट प्रयाप्त मात्रामा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलब्ध भएको छ । यससँगै निजी तथा यहाँका स्थानीय निकायहरुबाट पनि हामीलाई सुरक्षाका सामाग्रीहरु प्राप्त भइरहेको छ । स्वास्थ्य सुरक्षाको सन्र्दभमा हामीलाई यहाँ कुनै पनि कुरामा कमी भएको छैन । ट्राफिक प्रहरी र जनपद प्रहरी आफू फिल्डमा निस्किदा सुरक्षित भएर नै निस्किएको छ ।

0 सरकारकोतर्फ कस्तो सहयोग मिलेको छ ?
– सरकारले ट्राफिक प्रहरीलाई निकै संवेदनशील भएर हेरेको छ । सरकारले संगठनलाई दिएको निर्देशन एकदम स्पष्ट छ । लकडाउन भएको बेलामा के गर्ने ? के नगर्ने ?, कुन सवारी गुड्न पाइने ? कुन नपाइने ? भन्ने विषयमा हामीलाई स्पष्ट आदेश दिनु नै हाम्रो लागि ठूलो सहयोग हो ।

0 यो परिस्थितीमा ट्राफिक व्यवस्थापन र परिचालनको लागि जनशक्तिको अवस्था के–कस्तो छ ?
– जनशक्तिको कुरा गर्नु पर्दा जम्मा २० जना ट्राफिक प्रहरीले जिल्लाको सडक सुरक्षाको सम्पूर्ण जिम्मेवारी सम्हालिरहेका छौँ । जिल्लको जनसंख्या र बढ्दो सवारी चापलाई तुलना गर्दा ट्राफिक प्रहरीको संख्या धेरै कम छ । समिति जनशक्तिका कारण ट्राफिक प्रहरीले जति गर्नुपर्ने हो, त्यति गर्न सकि रहेको अवस्था छैन । ट्राफिक व्यवस्थापनका लागि काभ्रे अझै पनि प्रविधिमैत्री हुन सकेको छैन, मानवकेन्द्रित नै हुनुपरेको छ । मान्छेले मान्छेलाई तह लगाउन धेरै गाह्रो कुरा हो । ट्राफिक व्यवस्थापनमा प्रविधिको धेरै आवश्यकता रहेको छ ।

0 सिमित जनशक्तिमै ट्राफिक परिचालन र व्यवस्थापन कसरी भइरहेको छ ?
यो समस्या यस जिल्लाको मात्र नभएर देशका अधिकांश ठाउँमा पनि यस्तै छ । नेपाल अधिराज्यभरमै नेपाल प्रहरीको दरबन्दी निकै नै कम छ । तरपनि जुन किसिमबाट निदेर्शन गराएर पठाइएको छ, त्यसरी नै व्यवस्थापन भइरहेको छ । दिइएको जिम्मेवारी अनुसार नै सिमित जनशक्तिलाई उचित तरिकाले प्रयोग गर्दै हाम्रा हरेक कार्यलाई प्रभावकारी बनाइरहेका छौँ ।

0 लकडाउनको अवधिमा सवारी गतिविधिको अवस्था के कस्तो छ ? सवारी चेकजाँचको प्रक्रिया बारेमा बताईदिनुहोस् ।
– लकडाउनको सुरुको चरणमा सवारी आवगमन निकै न्यून थियो । अत्यावश्यक सामाग्रीका सवारीबाहेकका अरु सवारी सञ्चालन भएका थिएनन् । सरकारले लकडाउन खुकुलो गराएसँगै, पछिल्लो समय जिल्लामा सवारीको चाप बढिरहेको छ । अहिले जिल्लामा ५० प्रतिशत सवारी सञ्चालनमा आएको अनुमान गरिएको छ ।

सवारी चेकजाँचमा स्वास्थ्य सुरक्षा अपनाएर सामाजिक दुरी कायम गर्दै चेकजाँच भइरहेको छ । लकडाउनको सुरुवाती चरणमा सवारीका कागजपत्र लगायत सरकारले जारी गरेको सवारी पासको चेकजाँच गरिएको थियो । अहिले लकडाउन खुकुलो भएपछि सवारी पास हटाइएको छ । तर पनि सवारी चेकजाँचमा भने कुनै सम्झौता गरिएको छैन ।

0 सवारी दुर्घटना जिल्लाको प्रमुख समस्याको रुपमा रहेको छ, लकडाउन अघि र लकडाउन अवधिमा सवारी दुर्घटनाको अवस्था के कस्तो रहयो ?
– लकडाउनको समयमा खासै ठूलो घटना भएको छैन । लकडाउनको सुरुवाती चरणमा भने हामीले महशुस गरेको कुरा, ‘अति आवश्यक काम परेर मात्र मानिसहरु बाहिरिएका थिए । उहाँहरु एकदम हतारमा हुनुुहुन्थ्यो, सडक खाली पनि खाली । खाली सडकमा ओभर स्पिडका कारण आफै अनियन्त्रित भइ एक दुइ वटा घटना भने भए ।’ अव्यवस्थित सडकका कारण पनि केही ठाउँमा दुर्घटना हुनुको साथै मृत्यु पनि भएको थियो ।

लकडाउन अघि भने जिल्लामा दुर्घटना नभएका होइनन् । हामीले दुर्घटनाको प्रमुख कारण केलाउँदै गयौँ । चालकको लापरवार्ही, सर्वसाधरणमा ट्राफिक नियम सम्बन्धि ज्ञानको कमी, अनुभव नभएका सह–चालकलके सवारी चलाउने जस्ता गतिविधिले दुर्घटना हुने गरेको हाम्रो अनुगमन र अनुसन्धानले देखायो । दुर्घटनाको कारण पत्ता लागेपछि सवारी चलाउँदा चालकाको अनुशासनदेखि लिएर सर्वासाधरणलाई ट्राफिक नियमबारे ज्ञान दिने कार्य सुरु गर्यौँ । यसको न्यूनिकरणका लागि हाम्रा थुप्रै कार्यक्रम र योजनाहरु रहेका छन् । अहिले लकडाउनले गर्दा हामीले कार्यक्रमलाई निरन्तरता दिन सकेका छैनौँ ।

0 कोरोना भाइरस साम्य भएपछि सडकमा सवारी आवगमनको अवस्था के–कस्तो हुन्छ ?, के अनुमान गर्नुभएको छ ?
– कोरोना भाइरसको साम्यपछि सडकमा सवारी चाप बढ्ने अनुमान गरिएको छ । सिट क्षमताभन्दा धेरै यात्रु राख्नेदेखि ओभर लोड सवारी चलाउन जस्ता कार्यहरु बढ्दै जाने पनि अनुमान गरिएको छ । तर ट्राफिक प्रहरीले यसमा कुनै चुहावट हुन दिने छैन ।

नेपालीहरुको महान चाँड दशैँ पनि नजिकिँदै छ । लकडाउनले गर्दा आफ्नो व्यापार–व्यवसाय छोडेर धेरै मानिसहरु गाउँ जानुभएको छ । आफ्ना स्थगित कार्यक्रमलाई निरन्तरता दिन मानिसहरु बाटोमा निस्किन्छन् । त्यसैले उहाँहरुको लागि अब हामीले विशेष कार्यक्रम ल्याउँनैपर्छ ।

0 अन्त्यमा ……
– तपाई, सर्वसाधरण पनि हाम्रै समाजको प्रहरी हुनुहुन्छ । हामी त बर्दी लगाएको प्रहरी हौँ, हामी सिमित ठाउँमा मात्रै हुन्छौँ । सबै ठाउँमा त तपाई सर्वसाधरण नै हुनुहुन्छ । यदि कुनै ठाउँमा दुर्घटना भएको देखेमा प्रायले ट्राफिक प्रहरी के हेरेर बसेको भन्ने गर्नुहुन्छ । यो सर्वसाधरणले गर्ने अपेक्षा र प्रश्न दुवै हो । प्रहरीलाई प्रश्न गर्नुको साटो समयमा नै घटनाबारे सूचना दिने गरौँ । सर्वसाधरणले प्रहरीलाई सूचना दिन हिच्किच्याउनु हुदैँन । तपाईले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सक्नुहुन्छ । कहीँ कतै घटना घटेमा समयमा नै ट्राफिक प्रहरीलाई सूचना दिएर सहयोग गर्न तपाई सर्वसाधरण सबैमा आग्रह गर्दछु ।


तपाईको प्रतिक्रिया