काठमाडौं – काठमाडौंमा रहेका ठोरीका बासिन्दालाई एक सामाजिक संस्थाले राहत उपलब्ध गराएको छ । विभिन्न पेशा, व्यवसाय तथा अध्ययनको सिलसिलामा काठमाडौमा बस्दै आएकालाई ठोरी नागरिक समाजले राहत उपलब्ध गराएको हो ।

विशेष गरेर ज्याला मजदुरी गर्ने पीडित परिवारहरुको खोजी कार्य गरी उनीहरुलाई खाद्य सामग्री उपलब्ध गराएको काठमाडौं बस्दै आएका नागरिक समाजका देव श्रेष्ठले बताए । समाजसेवी श्रेष्ठका अनुसार, प्रभावित १० परिवारले खाद्यान्न अभाव भएको जानकारी फोनमार्फत गराएपछि उनीहरूको कोठासम्म राहत पुर्‍याउने गरिएको छ ।

वैशाख २० गतेदेखि नियमित रूपमा काठमाडौंमा रहेका लकडाउन प्रभावित परिवारलाई राहत उपलब्ध गराउँदै आएको उनले बताए । अहिलेसम्म ४३ पीडित परिवारको कोठासम्म राहत पुर्‍याउने काम भएको र खाद्यान्न अभाव भएमा पुनः खबर गर्न आग्रह गर्दै आइरहेको उनले बताए ।


तपाईको प्रतिक्रिया