काभ्रे (धुलिखेल) – जिल्लाको धुलिखेल नगरपालिका वडा नं ३ मा युवाहरुको सक्रियतामा मंडलीदेवि युवा क्लब गठन भएको छ ।

गाउँ समुदायमा शिक्षा, स्वास्थ्य, बाटो, कुलो, नहरको विकासका साथै मठ मन्दिरको संरक्षण गर्ने उद्देश्यले क्लब गठन गरिएको हो ।

धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोँजुको अध्यक्षतामा बसेको बैठकबाट क्लब गठन गरिएको थियो । कार्यक्रममा रोटरी क्लब अफ धुलिखेलको पुर्ब-अध्यक्ष रन्जित श्रेष्ठ, रोटरी क्लब अफ धुलिखेलको सचिब मनिष योगल लगाएतको उपस्थिति रहेको थियो ।

क्लब गठन भएसँगै युवाहरुले श्री मंडलीदेवि मन्दिरको सरसफाइ गरेका छन् । क्लब गत आइतबार गठन गरिएको थियो । क्लब गठन भएको मन्दिरको सरसफाई गरिएको थियो ।

क्लबका पदाधिकारीहरु :
अध्यक्ष : विकास लामा
उपाध्यक्ष : ज्योति मगर
कोषाध्यक्ष : इसा लामा
सह– कोषाध्यक्ष : रोशन तामाङ
सचिव : रहर तामाङ
सदस्य : अमृत तामाङ, सुरेश तामाङ, सुजन तामाङ, विकु मगर, रामचन्द्र मगर, रितु तामाङ र रमेश भुजेल


तपाईको प्रतिक्रिया