पाकिस्तानका पूर्व महान् क्रिकेटर सक्लेन मुस्ताक पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को हाइ पर्फमेन्स प्रशिक्षक नियुक्त हुने भएका छन् ।

पीसीबीले राष्ट्रिय टिमका हाइ पर्फमेन्स प्रशिक्षकका लागि आह्वान गरेको दरखास्तमा मुस्ताकले आफ्नो नाम दर्ता गरेको र पीसीबीले उनलाई छनोट गर्ने तयारी गरेको हिन्दुस्तान टाईम्सले जनाएको छ ।

पीसीबीले भने औपचारिक रुपमा घोषणा गरेको छैन । तर, पीसीबीका एक पदाधिकारीले हाइ पर्फमेन्स प्रशिक्षकका लागि मुस्ताकलाई छनोट गरेको हिन्दुस्तान टाईम्सले जनाएको छ ।

क्रिकेट इतिहासमै उत्कृष्ट स्पिनर मानिने मुस्ताक यस अघि इंग्ल्यान्डको बलिङ प्रशिक्षक रहेका थिए । गत वर्ष इंग्ल्यान्डले एकदिवसीय विश्वकपको उपाधि जित्दा उनी टिमको बलिङ प्रशिक्षक थिए ।

यस्तै मुस्ताकले न्युजिल्यान्ड, वेस्टईन्डिज, अस्ट्रेलिया, बंगलादेश र पाकिस्तानको बलिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।


तपाईको प्रतिक्रिया