काभ्रे (धुलिखेल) – जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर १ कोइरालेमा चट्याङ लागेर ४ जना घाइते भएका छन् ।

घाइते हुनेमा प्रकाश महत र उहाँका श्रीमती प्रमिला महत रहेका छन् । त्यस्तै नारायण महत र उहाँका श्रीमती बिमला महत पनि घाइते भएको स्थानीय उर्लेनी मुलखर्क सामाजि युवा क्लबका अध्यक्ष तारा बहादुर कुवँरले जानकारी दिए ।

दिउँसो हावा, हुरी र पानीसँगै परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् ।

घाइते मध्ये प्रकाश महतका अवस्था अलिक जलिट रहेको बताइएको छ । अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया