काभ्रे (धुलिखेल) – विश्वको विभिन्न देशमा करिब १२ हजार काभ्रेका नागरिक रहेको तथ्याङ्क प्राप्त भएको छ । जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जिल्लाका ११ हजार ५८७ नागरिक विदेशमा रहेको तथ्याङ्क प्राप्त भएको जानकारी दिए ।

उनका अनुसा हाल विदेशमा रहेका नागरिकमा पाँचखाल नगरका एक हजार ३२५, नमोबुद्धका एक हजार २१२, मण्डन देउपुरका एक हजार ३६९, धुलिखेलका ९९४, बनेपाका ७३१, पनौतीका ५६४ तथा चौँरीदेउराली गाउँपालिकाका एक हजार ८१, रोशीका ४९३, तेमालका ४१७, भुम्लुका ६३७, महाभारतका ५९७, खोनीखोलाका २१२ र बेथानचोक गाउँपालिकाका ८३० नागरिक छन् ।

नेपाल सरकारले विदेशमा रहेका नागरिक स्वदेश ल्याउने पहल थालेपछि काभ्रेपलाञ्चोक जिल्लाले पनि कति नागरिक विदेशमा छन भनेर डाटा संकलन गरेको थियो । उनीहरुको व्यवस्थापन र कोरोना परीक्षणका लागि १३ वटै स्थानीय तह मार्फत डाटा संकलन गरिएको थियो ।

गत माघ महिनायता ४५१ विदेशिएका काभ्रेली घर फर्किएका थिए । जसमध्ये चैत महिनामा मात्रै २५१ घर फर्किएका हुन् । त्यतिबेला २७ देशबाट घर फर्किएका थिए भने भारतपछि दुवईबाट फर्कनेको सङ्ख्या अधिक थियो ।


तपाईको प्रतिक्रिया