काभ्रे (बनेपा) – विश्वभर फैलिएको कोरोनाको त्रासबाट नेपालमा पनि उत्तिकै जोखिममा रहेको छ । यो विषम परिस्थितीमा जिल्लामा कार्यरत सुरक्षाकर्मीलाई श्री नबजालुके सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सवस्थ्य सामाग्री वितरण गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री वितरण गर्दै संस्थाकी अध्यक्ष गंगा बस्नेतले भनिन्, ‘यो विषम परिस्थितीमा पनि जनताको सुरक्षाको लागि निरन्तर जिम्मेवारी बहन गरिरहनुभएकाले उहाँहरुको आत्मबलको लागि संस्थाले स्वास्थ्य सामाग्री वितरण गरेको हो ।’ संस्थाले आज ५ लिटर सेनिटाईजर, एक हजार थान माक्स र पञ्जा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बिशाल तामाङलाई हस्तान्तरण गरिएको थियो ।

कोरोना भाइरसको जोखिममा पनि सुरक्षाकर्मीलाई हौसला प्रदान गर्न विभिन्न संघ संस्थाबाट सहयोग प्राप्त भएको कार्यालय आभारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बिशाल तामाङले बताए । उनका अनुसार यो समयमा यसरी सहयोग प्राप्त हुदाँ सुरक्षाकर्मीलाई काम गर्ने थप उर्जा मिल्छ ।


तपाईको प्रतिक्रिया