काभ्रे (चौरीदेउराली) – जिल्लाको चौरीदेउराली गाउँपालिकाका १० जनामै कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ ।

धुलिखेल सामुदायिक अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्ट नगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जनाकारी दिए ।

पालिकामा आरडिटी विधि मार्फत गरिएको परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि पीसीआर विधिबाट परीक्षणका लागि उनीहरुलाई धुलिखेल ल्याइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया