काभ्रे (बनेपा) – विश्वभर फैलिएको कोरोनाको त्रासबाट नेपालमा पनि उत्तिकै जोखिममा रहेको छ । यो विषम परिस्थितीमा जिल्लामा फ्रन्ट लाइनमा काम गर्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई उद्योग वाणिज्य संघ काभ्रेले स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ ।

थर्मल गन, पि.पि.इ, माक्स, स्यानिटाइजर, पन्जा लगायतका स्वास्थ्य सामाग्री संघले निरन्तर रुपमा वितरण गर्दै आएको उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष प्रकाश मानन्धरले बताए । उनका अनुसार अहिले प्रमुख जिल्ला अधिकारी, जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा वितरण कार्य भइरहेको छ । ‘स्वास्थ्य सामाग्री मात्र नभएर राहत वितरण कार्य पनि भइरहेको छ,’ अध्यक्ष मानन्धरले भने, ‘विपन्न वर्गहरुलाई खाद्यन्न सामाग्री पनि वितरण गरिरहेका छौँ ।

विभिन्न संघ संस्थाको सहयोगमा स्वास्थ्य र राहत वितरण कार्य भईरहेको छ । यस कार्यमा संघले समन्वयमा मात्र गरेको छ ।’ संघको समन्वयमा जिल्लामा रहेका क्वारेन्टाइनका लागि करिब ६० वटा बेड लगायत खाद्यन्न सामाग्री पनि वितरण गरिएको मानन्धरले जानकारी दिए । उनका अनुसार अहिलेसम्म विभिन्न संघ संस्थाको सहयोगमा वितरण गरिएको राहतमा कार्यक्रमका लागि करिब ४० लाख रुपैँया खर्च भएको अनुमान गरिएको छ । खर्च विवरणको चाँडै नै रकर्ड बनाइने उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया