काभ्रे (धुलिखेल) – जिल्लाको धुलिखेल अस्पतालमा कोरोना भाइरबाट मृत्यु भएकी महिलाका आफन्तहरु आज (शुक्रबार) डिस्चार्ज भएका छन् ।

धुलिखेल अस्पतालको आइसोलेसन कक्षमा रहेका मृतक महिलाका नवजात शिशु, श्रीमान र आफन्त आज डिस्चार्ज भएको धुलिखेल अस्पतालले जानकारी दिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा ९ राम्चेकी सुत्केरी महिलाको मृत्यु पछि उनकी नवजात शिशु, श्रीमान र आफन्तलाई आइसोलेसनमा राखिएको थियो । दुईपटक परिक्षण गर्दा पनि कोरोना संक्रमण नदेखिएपछि शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका प्रशासकिय निर्देशक डाक्टर रमेश माकजुले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिए ।

शिशुमा हल्का जण्डिस र शरीरमा स–साना बिमिराको समस्या देखा परेको थियो । अस्पतालका बालरोग विशेषज्ञहरुले आवश्यक चेक जाँच गरि जण्डिस र ससाना बिमिरा निको भएको विज्ञप्तिमा भनिएको छ । महिलाको जेठ १ गते राति उपचारका क्रममा मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया