पूर्व ब्याट्म्यान रोबिन उथप्पाले विदेशी टी–२० प्रतियोगितामा खेल्न आफ्नो देशका खेलाडीमाथि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले लगाएको प्रतिबन्ध हटाउनुपर्ने माग गरेका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले ईन्डियन प्रिमियर लिग (आईपीएल) बाहेक अन्य फ्रेन्चाईज खेल्न आफ्ना खेलाडीमाथि रोक लगाउदै आएको छ ।

‘कृपया हाम्रो ईश्वरप्रति ईमान्दार रहन दिनुस’ सन् २००७ मा टी–२० विश्वकप विजेता टिमका सदस्यले भनेका छन् । ‘यसले दुखी बनाउँछ, जब तिमी गएर खेल्न पाउदैनौ ।’ उनले भने । भारतीय क्रिकेट बोर्डको नियम अनुसार कुनैपनि भारतीय खेलाडी विदेशमा हुने व्यवसायीक क्रिकेट प्रतियोगिता जस्तै अष्ट्रेलियन बिग बास, क्यारेबियन प्रिमियर लिग, बेलायतमा हुने द हन्ड्रेड जस्ता प्रतियोगितामा भाग लिन पादैनन् ।

तर महिला खेलाडी स्मृति मंधाना र हरमनप्रित कौरले अष्ट्रेलियामा महिला बिग बास र ईङ्ल्याण्डको सुपर लिग खेलिसकेका छन् । ‘यदी हामी गएर केही एक–दुई प्रतियोगिता खेल्न पायौ भने राम्रो हुने थियो । किनकी एउटा खेलको विद्यार्थीको रुपमा तिमी सिक्न चाहन्छौ र जति सक्दो आफुलाई सुधार गर्न चाहन्छौ ।’ ३४ बर्षका उथप्पाले भने ।

उथप्पाले सन् २००८ बाट सुरु भएको आईपीएलका सबै १२ सिजन खेलेका छन् । केही हप्ता अघि मात्र भारतीय ब्याट्सम्यान सुरेश रैनाले समेत बीसीसीआईले विदेशी टी–२० प्रतियोगिताका सम्बन्धमा नियम परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए ।

उथप्पाले सौरभ गांगुली बीसीसीआईको नेतृत्वमा आएपछि बोर्डले नियम परिवर्तन गर्न सक्ने धारणा राखे । ‘उनी निकै प्रगतिशिल सोचका मानिस हुन् । उनी सधै भारतलाई अर्को स्तरमा लैजान चाहन्छन् ।’ उथप्पाले भने, ‘हामी आशा गछौ, उनले यस बिषयमा सोच्नेछन् ।’ कोरोना भाईरसको महामारीका कारण यस सिजनको आईपीएल अनिश्चित बनेको छ । कोरोनाकै कारण आईपीएल मार्च २९ बाट मे २४ सम्मका लागि स्थगित गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया