काभ्रे (भुम्लु) – बोलेरो दुर्घटनामा वेपत्ता भएका दुईनामध्ये एकजनाको शव भेटिएको छ।

भुम्लु गाउँपालिका १ का भोला महतको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी कुमार बिक्रम थापाले बताए । बुधबार भुम्लु गाउँपलिका ८ सिलामे भीरमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा भुम्लु गाउँपालिका १ का अशोक गिरी भने अझै वेपत्ता छन् ।

बिहीबार बिहानदेखि प्रहरी र एपीएफका टोलीले भोला महतको शव खोलामा भेटाएको डिएसपी थापले जानकारी दिए । उनका अनुसार अर्का वेपत्ताको खोजकार्य भइरहेको छ ।

बुधबार बा १६ च ८८३८ नम्बरको बोलेरो दोलालघाटबाट सापिङ जाँदै गर्दा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घाइते सानुमाया गिरी बनेपा शिरमेमोरियल अस्पतालमा उपचाररत भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया