सुदिप दाहाल ( ग्लावल नेपालिज सेफ फेडेरेसन, ललितपुर जिल्ला शाखा – अध्यक्ष )

नमस्कार !! मेरा आदरणीय सेफ ,कुक साथीहरू तथा मेरा गुरुहरुमा मेराे हृदयदेखि नमन्, तथा न्यानो माया सँगै आज हजुरहरुलाई मेराे आफ्नो केही प्राेफेसनल कुरा भन्न लागेको छु। मेराे नाम -सेफ सुदिप दाहाल, ललितपुर जिल्लाकाे इकुडोल ओडानम्बर ५ , हाल गोदावरी नगपालिका झरुवारासी-१३ मा, बसोबास गरिरहेको छु । म यस कुकिङ्गकाे कामकाे पक्ष बाट आउँदा, यस पेशामा ९ वर्ष बिताए छु ।

मलाई यो काम पहिला देखिनै एकदमै मन पर्ने पेशा हो । जसका कारण मैले यस पेशाको लागि कलेज आध्ययन गरेर मलाई अझ पुगेन अनि, अझ मलाई यस विषयमा गम्भिर भयार पढन तथा खोज गर्न मन लाग्यो जसको लागि विभिन्न खाले तालिम तथा परिक्षा दिई विभिन्न ठाउँ मा उतीर्ण भई होटलमा काम गर्दै आएं । जसको बीच आउँदा विभिन्न खाले चुनौती सामना गर्दै आएको अनुभव आज मेराे जीवन तथा आँखाकाे वरीपरी रहेकाे छ । जसटाइममा विभिन्न बाधा ब्यावधनलाई सामान गर्दै अगाडी बढिरहें जसको कारण आज म यो स्थान लिन सफल भएकाे छु । जसकका समयमा नेपाली खानाको पनि खोज तथा अनुसन्धन गर्ने मन र समय मिल्यो जसको कारण आज मलाई सेल्फ नेपाली खानाको टेस्ट र अनुभव छ ल।

यसै क्रममा यही विश्व महामारी रोग कविड -१९ ले मुटु खाने पीडा हामी लाई दिएको छ जुन समयमा मैले यस समयलाई आफ्नाे महत्त्वपूर्ण समय दिई आफ्नो केही समयमा मैले केही नेपाली खानाको उठानकाे लागी केही भिडियो बनाएको पनि छु । जुन हजुरहरुले पनि हेरिसक्नुभयो हाेला । यसो गर्दा मलाई लाग्छ नेपाली खाना ले पनि केहि International काे ठाउँ लिन सक्छ । जसका कारण हामी सँग भएका सम्पूर्ण महत्त्वपूर्ण खध्यवस्तुकाे प्रयोग गरि नेपालि खानाको बजार बनाऊ सकिन्छ भन्ने कुरामा एकमत छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया