• अमृता शर्मा, चितवन

त लाई, तपाई भन्न कहिले आएन
आजकल त नभएसम्म रमाइलो नै लाग्दैन
रिसाएर त नभए म एक्लै रमाएर बस्थे कति पटक भनेहोला
त छैनस आजकल अनि रमाउनै मन लाग्दैन

घर अगाडिको अम्बामा कहिले कलर लगाउने कि अलिकति टोकेर राख्थे
आज कल भुईभरी खसेर मगमग बसाइँ रहन्छन
तर, यो सुगन्धको मलाई पटक्कै हेक्का छैन
आपको बोट चढ्दा तेरो काधमा टेकदै जान्थे
आजकल बाले भर्र्याङ् नै राख्दा नि चढ्नै मन लाग्दैन

पहिलो ७ ८ दाना खादा पेट भरिनथ्यो
आज काल एक दाना खाएसि मन भरिन्छ
आइज अब यी दिन दोह्याउनु पर्छ
फेरि पनि म तेरै काधमा चढने र झर्ने गरुला
एस्को साटाे मैले पारेका तेरा सब लुगा धोइदिम्ला

पहिले,
म बिहान बिहानै उठेर पढ्थे त सुति सुति अल्छि मान्दै सुन्थिस
मैले पढेकाे तैले जानिस भनेर म अर्को कोठामा गएर पढ्न थाले
अब, त म बुझ्ने भईसके, फेरि आईजा न नेपाल
म बिहानै ठुलो आवाज गर्दै पढुला,
त निद्रा मै सुन्दै जालास, हामी सङै मिलेर सिकौला


तपाईको प्रतिक्रिया