अमेरिकाको महिला फुटबल टिमले पुरुष खेलाडी समान तलब नपाउने भएका छन् ।

पुरुष खेलाडी समान तलब पाउनुपर्ने मागसहित महिला टिमले दर्ता गरेको मुद्दा अदालतले खारेज गरेको छ । २८ महिला फुटबल खेलाडीले गत वर्ष पुरुष खेलाडी बराबर तलब पाउनुपर्ने मागसहित मुद्दा दर्ता गरेका थिए । खेलाडीले युएस सकर फेडेरेसनलाई विपक्षी बनाएर अदालतमा मुद्दा दर्ता गरेका थिए ।

मुद्दा खारेज भएपछि महिला टिमले अदालतको निर्णयबाट चकित भएको जनाएको छ । ‘निर्णयबाट हामी चकित र निराश छौं,’ खेलाडीको प्रवक्ता मोली लेभिनसनले भनिन्, ‘हामी समान मेहेनतका लागि कडा मेहनत गर्न छोड्दैनौं’

मुद्दा खारेज भएपनि महिला टिमले आफ्नो मागको पुन: अपील गर्ने भएको छ । अमेरिकाको महिला टिम गत वर्ष महिला विश्वकप जितेको थियो । यस्तै महिला टिमले पाँच पटक ओलम्पिकमा स्वर्ण पदक जितेका छन् ।


तपाईको प्रतिक्रिया