काभ्रे (भकुन्डे) – नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यद्वारा नमाेबुद्व नगरपालिकाका पिपिई सहित स्वास्थ्य सामाग्री वितरण गरिएकाे छ ।

स्वास्थ्य सुरक्षाकाे लागि प्रयाेग गरिने पिपिई १५ थान, ५ सय एम.एलकाे सेनेटाईजर २० बाेतल, सर्जिकल माक्स ३ हजार पिस र साबुन १ सय पिस प्रदान गरिएकाे १ नं काग्रेस सभापति प्रेम तामाङले जानकारि दिए ।

नमोबुद्व- काठमाडौं सम्पर्क समितिको अध्यक्ष भोला भटराईको सहयोगमा नेपाली कांग्रेस नमाेबुद्व नगर सभापती कुन्शङ लामा, १ नं वडा सदस्य सुमन पाण्डे, १ नं वडा सभापति प्रेम लामाकाे समन्वयमा उपलब्ध गराईएकाे लामाले जानकारि दिए ।


तपाईको प्रतिक्रिया