काठमाडौं – नेपालबाट दुबईमा खरबुजा र मेवा निर्यात भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा दुबईको एक व्यापारिक कम्पनीले बुधबार नेपालबाट फलफूल आयात गरेको हो । नेपालबाट बुधबार सात हजार किलो खरबुजा र १५ सय किलो मेवा दुबई पुगेको दुबईका लागि नेपाली राजदूत कृष्ण प्रसादढकालले ट्वीटर मार्फत जानकारी दिएका छन् ।

नेपालमा उत्पादित फलफूल तथा कृषिजन्य वस्तुहरू युएई आयातका लागि दूतावासले पहल गरिरहेको राजदूत ढकालले उल्लेख गरेका छन् । उक्त फलफूल गोल्यान एग्रो कम्पनीले निर्यात गरेको गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले बताए ।


तपाईको प्रतिक्रिया