काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुर्घटनामा परेर एउटा आँखा गुमाएकी महिला फुटबल खेलाडी समिक्षा थापा मगरलाई आर्थिक सहयोग गरेको छ ।

एन्फाले विराटनगरस्थित आँखा अस्पतालमा उपचार गराईरहेकी समिक्षालाई २५ हजार उपचार खर्च सहयोग गरेको हो । यू-१६ टिमकी सदस्य समेत रहेकी समिक्षाको उदयपुरस्थित घरको खेतमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दाहिने आँखामा चोट लागेको थियो ।

समिक्षाले एन्फाले आयोजना गरेको क्विक्स कप फुटबल समेत खेलेकी थिईन् । एन्फाका सहायक महासचिव वसन्त अर्यालले समिक्षाको परिवारलाई सहयोग रकम प्रदान गरेका थिए ।

समिक्षाका परिवारलाई भेटेका सहायक महासचिव अर्यालले आखाँ गुमाएकी समिक्षाको दृष्टि नफर्कने बताए । उनले घाईते भएकी समिक्षाको आखाँमा संक्रमण फैलिएकाले सल्यक्रिया गर्न नसकिएको जानकारी दिए ।

‘एन्टिबायोटिक दिएर संक्रमण कम भएपछि अप्रेसन गर्ने तयारी छ ।’ चिकित्सकको भनाई उद्धित गर्दै अर्यालले खेलपाटीसंग भने । यसअघि विराट सांग्रिला क्लबले पनि समिक्षाको उपचारका लागि ५० हजार सहयोग गरेको थियो ।


तपाईको प्रतिक्रिया