काभ्रे (पाँचखाल ) – जिल्लाको पाँचखाल नगरपालिकामा पर्ने प्रसिद्ध धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिरमा यो वर्षको बैशाख पूर्णिमाको दिन पूजा र जात्रा नहुने भएको छ ।

नगरपालिकाले एक सुचना जारी गर्दै कोभिड १९ संक्रमणको जोखिम हुन सक्ने भन्दै पूजा र जात्रा नगर्न आग्रह गरेको हो । कोरोना भाइरसको संक्रमण नफैलियोस भन्नका लागि नगरपालिकाले मन्दिरमा पूजा र जात्रा नगर्न आग्रह गरेको नगरप्रमुख महेश खरेलले बताए ।

यो वर्ष बैशाख २५ र २६ गते विशेष पुजा र जात्रा लाग्ने तय भएको थियो । जात्रा नभएपनी नियमित पुजा हुने पनि उनले बताए ।


तपाईको प्रतिक्रिया