विर्तामोड – विश्व व्रम्हाण्ड नै अहिले काेभिट-19, काराेना भाईरसका कारण आक्रान्त वनिरहेकाे अवस्थामा नेपालमा पनि त्यसकाे प्रभाप परेको छ ।

आज काराेरनाका कारण वन्दा बन्दी अर्थात (लकडाउन )भयकाे पनि ३७ अौं  दिन भयाे । सरकारले आम जनताकाे स्वास्थ्य सुरक्षाकाे लागि लकडाउन नै उचित उपचार विधि हाे भनी आम जनतालाई घरमै वस्न र काेराेना वाट वच्ने उपायहरू अपनाउन भनेकाे छ । यति गर्दा गर्दै अरूकाे भरमा वांच्नु पर्ने दैनिक ज्यालादारि मजदुर ,मागेर जीवन चलाउनेहरू,आश्रमका वृद्दवृदा लगायतका व्यक्तिहरूलाई भने राेगले मर्नु कि भाेकले मर्नु भईरहेकाे अवस्थामा विभिन्न संघ संस्थाले सहयाेगहरू गर्दै आाईरहेकाे छ ।

यसै विच नेपाली भान्सेहरूकाे संस्था ग्लाेवल नेपालिज सेफ फेडेरेसन १ नं प्रदेश र झापा जिल्ला शाखाले भने खान नपायका अशाहय,अशक्त र वृद्दाश्रमका वृद्दाहरूलाई दैनिक खानाकाे व्यवस्था गरेको छ। संस्थाका प्रदेश १ का संयाेजक निरज श्रेष्ठ ,सदस्य राज पौडे अन्य साथिहरू पदम क्षेत्री ,डम्बर कटुवाल ,किसन थापा र सन्ताेष थापाकाे समुहले गयकाे ८ दिनदेखि निरन्तर सुरूमा ७५ जना वाट सुरू भयकाे अहिले १२५ जनालाई दैनिक खाना खुवाई रहेको संस्थाका सदस्य पौडेलले जानकारि गराउनु भयाे ।  विगत १५/१६ विदेशकाे अनुभव लियर आयका सेफ राज पौडेलकै युनिक राेयल निर्भान हाेटलमा दैनिक विभिन्न फरकफरक खाना वनाई सेवा दिई रहेको छ ।

खानामा पुलाउ ,तरकारि ,खिचडि,खिर,सादा खाना,भेज विर्यानि लगायतका खानाका परिकार वनाई ठाउँ -ठाउँमा यातायात मार्फत पुर्‍याउने काम भईरहेकाे छ जसकाे जिम्मेवारी सत्यसाई नामक मानव सेवा संस्थाले गरेको छ। उक्त खानपान वनाउन सामग्रीहरू विर्तामोड काे स्प्रिङ डेल अफ हाेटल म्यानेजमेन्ट कलेज ,युनिक राेयल र ६ जनाकाे समुहले व्यक्ति गत खर्चमा मेस संचालन भईरहेकाे छ ।

अब कति दिन संचालन गर्न सकिन्छ भन्ने प्रश्नमा सेफहरू भन्नू हुन्छ कति दिन सम्म हाम्रो जेवले भ्याउंछ । जे हाेस याे विषम परिस्थितिमा सहयाेगि मन भयका सेफहरू र सहयाेगिहरूले भाेकै भने मर्नु परेकाे छैन ।


तपाईको प्रतिक्रिया