दाङ – दाङका पालिकाहरुले काेराेना सङ्क्रमण राेकथामका लागि बनाएका क्वरेण्टीनमा अहिले एक सय २१ जना रहेका छन् ।

१० वटा पालिकाले बनाएका दुई सय ८८ बेडको क्वरेण्टीनमा अहिले एक सय २१ जना रहेकाे स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति कमल चन्दले जानकारी दिनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले बनाएको क्वरेण्टीनमा ४२, शान्तिनगरमा १२, बबईमा १७, घोराहीमा पाँच, बङ्गलाचुलीमा १०, लमहीमा पाँच, राजपुरमा ६, गढवामा ९ र राप्ती गाउँपालिकामा १३ जना रहेका छन् । उनीहरु नेपालका विभिन्न जिल्ला र भारतलगायत अन्य देशबाट आएका हुन् ।

यसैगरी कोरोना सङ्क्रमणको शङ्का लागेमा उपचारका लागि तय गरिएका दुई आईसोलेसन अस्पतालमा १३ जना रहेका छन् । बेलुझुण्डी कोरोना अस्पतालमा चार र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ जना रहेको स्रोत व्यक्ति चन्दले जानकारी दिनुभएको छ ।

बेलझुण्डीमा र प्रतिष्ठानमा राखिएकाको कोरोना भए/नभएको जाँच भएको छ । उनीहरु कसैमा पनि कोरोनाको सङ्क्रमण देखिएको छैन ।


तपाईको प्रतिक्रिया