काभ्रे (धुलिखेल) – जिल्ला प्रशासन कार्यालय जति नै लकडाउन कडा गरेको भने पनि लकडाउन उल्लंघनका घट्ना भने घटेका छैनन् । आज मात्रै प्रहरीले ५७ वटा सवारी साधन नियन्त्रणमा लिएर छाडेको जनाएको छ ।

४२ वटा मोटरसाइकल, १२ वटा स्कुटर र तीन बोलेर सहित ५७ वटा सवारी साधन नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविकुमार पौडेलले बताए । लकडाउन उल्लंघन गर्नेलाई संक्रमन रोग ऐन २०२० को दफा २(२) बमोजिम नियन्त्रणमा लिइ कडा कारवाही गरिने जिल्ला प्रशासन कार्यालय पटक पटक को सूचनामा भनिएको भएपनि अहिले सम्म कुनैलाई पनि कारवाही गरिएको छैन ।

उल्लंघन गरेकालाई पाँच सय रुयियाँ जरिवान लिएर छाड्ने गरिएकाले पनि लकडाउन उल्लंघनका घट्ना बढेको देखिन्छ ।


तपाईको प्रतिक्रिया