काभ्रे (धुलिखेल) – जिल्लामा करिब ४४ हजार ग्याँस स्टक रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

समितिको आज बसेको बैठकले जिल्लामा ग्याँस प्रयाप्त रहेको जनाएको छ । जसमा हिमाल ग्यास १३ हजार सात सय, सगर ग्याँस १८ हजार ७५० र सूर्य ग्याँस ११ हजार ११ हजार पाँच सय सहित जिल्लाभर ४३ हजार ९५० ग्याँस रहेको जनाएको छ ।

त्यस्तै जिल्लामा पाँच लाख लिटर डिजेल, एक लाख ५० हजार लिटर पेट्रोल स्टक रहेको जनाइएको छ ।


तपाईको प्रतिक्रिया